देशका राजमार्ग ९ स्थानमा अवरुद्ध, २८१ खण्डमा एकतर्फी « Khabarhub

देशका राजमार्ग ९ स्थानमा अवरुद्ध, २८१ खण्डमा एकतर्फी



काठमाडौं– लगातार पानी पर्दा चलेको बाढी, पहिरो र अन्य कारण देशका प्रमुख राजमार्ग ९ स्थानमा अवरुद्ध भएको छ । विभिन्न सडक तथा राजमार्गका २८१ खण्डमा आवागमन एकतर्फी छ ।

सडक विभागका अनुसार लगातार वर्षा हुँदा बाढी र पहिरो लगायतका कारणले सडक अवरुद्ध भएको हो । यो वर्षको सुरुदेखि अवरुद्ध भएका कुल ५४६ मध्ये २५६ अवरोध हटाएर सवारीसाधन आवागमनयोग्य बनाइएको विभागले जानकारी दिएको हो ।

विभागले अद्यावधिक गरेको पछिल्लो सडक सञ्चालनका अवस्था हेर्दा सडक तथा राजमार्गका २५६ स्थानमा  मात्र दुईतर्फी सञ्चालनमा छन् ।

यतिखेर कर्णाली राजमार्ग अन्तर्गत जमुनाह–कोहलपुर, सुर्खेत–खुलालु–हिल्सा सडक, साँफेबगर–मार्तडी–कोल्टी सडक अवरुद्ध छ । यसैगरी पुष्पलाल राजमार्ग अन्तर्गत सिन्धुली र रामेछापका विभिन्न तीन ठाउँमा सडक अवरुद्ध छ ।

त्यस्तै, बाढीका कारण विभिन्न ६ वटा पुलमा सवारीसाधन आवागमन बन्द छ । पुष्पलाल राजमार्ग अन्तर्गत ओयामखोला पुल, फलामे खोला पुल, नुवाखोला पुल, हेवाखोला पुल, इकुवाखोला पुल, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत  महेन्द्रनगरमा सुदाखोला पुल अवरुद्ध हुँदा यातायात आवागमन अवरुद्ध हुन पुगेको सडक विभागले जनाएको हो ।

बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा १० करोड ६५ लाख रुपैयाँभन्दा बढीको प्रारम्भिक क्षति भएको अनुमान छ । ६ वटा पुलमा २९ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको सडक विभागले आकलन गरेको हो ।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  १ : ३२ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा