देशका राजमार्ग ९ स्थानमा अवरुद्ध, २८१ खण्डमा एकतर्फी « Khabarhub

देशका राजमार्ग ९ स्थानमा अवरुद्ध, २८१ खण्डमा एकतर्फी



काठमाडौं– लगातार पानी पर्दा चलेको बाढी, पहिरो र अन्य कारण देशका प्रमुख राजमार्ग ९ स्थानमा अवरुद्ध भएको छ । विभिन्न सडक तथा राजमार्गका २८१ खण्डमा आवागमन एकतर्फी छ ।

सडक विभागका अनुसार लगातार वर्षा हुँदा बाढी र पहिरो लगायतका कारणले सडक अवरुद्ध भएको हो । यो वर्षको सुरुदेखि अवरुद्ध भएका कुल ५४६ मध्ये २५६ अवरोध हटाएर सवारीसाधन आवागमनयोग्य बनाइएको विभागले जानकारी दिएको हो ।

विभागले अद्यावधिक गरेको पछिल्लो सडक सञ्चालनका अवस्था हेर्दा सडक तथा राजमार्गका २५६ स्थानमा  मात्र दुईतर्फी सञ्चालनमा छन् ।

यतिखेर कर्णाली राजमार्ग अन्तर्गत जमुनाह–कोहलपुर, सुर्खेत–खुलालु–हिल्सा सडक, साँफेबगर–मार्तडी–कोल्टी सडक अवरुद्ध छ । यसैगरी पुष्पलाल राजमार्ग अन्तर्गत सिन्धुली र रामेछापका विभिन्न तीन ठाउँमा सडक अवरुद्ध छ ।

त्यस्तै, बाढीका कारण विभिन्न ६ वटा पुलमा सवारीसाधन आवागमन बन्द छ । पुष्पलाल राजमार्ग अन्तर्गत ओयामखोला पुल, फलामे खोला पुल, नुवाखोला पुल, हेवाखोला पुल, इकुवाखोला पुल, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत  महेन्द्रनगरमा सुदाखोला पुल अवरुद्ध हुँदा यातायात आवागमन अवरुद्ध हुन पुगेको सडक विभागले जनाएको हो ।

बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा १० करोड ६५ लाख रुपैयाँभन्दा बढीको प्रारम्भिक क्षति भएको अनुमान छ । ६ वटा पुलमा २९ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको सडक विभागले आकलन गरेको हो ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १ : ३२ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने