युरोकप २०२४ : इंग्ल्याण्ड र स्पेन क्वार्टरफाइनलमा « Khabarhub

युरोकप २०२४ : इंग्ल्याण्ड र स्पेन क्वार्टरफाइनलमा


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गत उपाधि दावेदार इंग्ल्याण्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

गएराति वेल्टिन एरिनामा भएको खेलमा स्लोभाकियालाई २–१ गोलले हराउँदै इंग्ल्याण्ड (अन्तिम ८) क्वार्टरफाइनलमा पुगेको हो ।

इंग्ल्याण्डका लागि ह्यारी केन र जुडे बेलिङ्घमले एक–एक गोल गरेका थिए । स्लोभाकियाका इभान स्क्रान्जले एक गोल गरेका थिए ।

खेलको २५औँ मिनेटमा स्लोभाकियाका इभानले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा केनले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि इन्जुरी समयको पाँचौँ मिनेटमा बेलिङ्घमले गोल गर्दै इंग्ल्याण्डलाई पुनरागमन जित दिलाए । सुरुवाती अग्रता जोगाउन नसक्दा स्लोभाकिया प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

इङ्ल्यान्डले अब क्वाटरफाइनलमा स्वीट्जरल्याण्डविरुद्ध खेल्नेछ ।

यस्तै, आज बिहान भएको अर्को खेलमा स्पेन अन्तिम ८ मा प्रवेश गरेको छ । जर्मनीको कोल्नमा भएको खेलमा जर्जियालाई ४–१ गोलले हराउँदै स्पेन अन्तिम ८ मा पुगेको हो ।
स्पेनका लागि रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले एक–एक गोल गरेका थिए । जर्जियालाई आत्मघाती स्वरुप एक गोल प्राप्त भएको थियो ।

खेलको १८औँ मिनेटमा स्पेनका रोविन ली नोर्मान्डले आत्मघाती गोल गरेका थिए ।

त्यसपछि ३९औँ मिनेटमा स्पेनका रोड्रीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि ५१औँ मिनेटमा रुइज, ७५औँ मिनेटमा विलियम्स र ८३औँ मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई ४–१ गोलको जित दिलाए ।

अब स्पेनले क्वाटरफाइनलमा जर्मनीको सामना गर्नेछ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ६ : २६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्