प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल | Khabarhub Khabarhub

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाललाई भेट्न अध्यक्ष ओली आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । नेताद्वयबीच समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच हिजो पनि सिंहदरबारमा झण्डै २ घण्टा छलफल भएको थियो । हिजोको छलफलमा गृहमन्त्री रवि लामिछाने पनि सहभागी थिए ।

यसअघि, शनिबार एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । पछिल्ला तीन दिनमा नेताहरुको छलफल र भेटघाटले तीव्रता पाउँदा राजनीतिमा कुनै परिवर्तन त आउँदै छैन भन्ने आम चासो बढेको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ९ : ३७ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको