पेरिसमा निजी जेट दुर्घटना हुदाँ तीन जनाको मृत्यु | Khabarhub Khabarhub

पेरिसमा निजी जेट दुर्घटना हुदाँ तीन जनाको मृत्यु


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्सको राजधानी पेरिसमा आइतबार एउटा निजी जेट बिजुलीको तारसँग ठोक्किएको छ । त्यसमा सवार तीन जनाको मृत्यु भएको थियो । ब्रिटिश मिडिया हाउस मेट्रोका अनुसार घटना स्थानीय समय अनुसार अपराह्न ४ बजे भएको हो । मृत्यु हुनेमा एक महिला पनि छन् ।

प्रहरीका अनुसार यो घटना राष्ट्रिय राजमार्ग ए ४ मा भएको थियो र विमान दुर्घटना हुनुभन्दा आधा घण्टा अगाडि उडेको थियो । विमानको मोडल सेस्ना १७२ हो । जेटको माथिल्लो भाग पावर केबलमा ठोक्कियो, जुन उच्च भोल्टेजको विद्युतीय केबल थियो । त्यसपछि विमानमा आगो लागेको थियो ।

राजमार्ग दुवैतर्फबाट बन्द भएको र उद्धार टोलीले घटनास्थलमा उद्धार कार्य गरेको प्रहरीले जनाएको छ । विमान उडाउने पाइलटले गत वर्ष मात्रै लाइसेन्स पाएका थिए । पाइलटसँग सय घण्टा जेट उडानको अनुभव थियो ।

अधिकारीहरूले राष्ट्रिय राजमार्गमा जेट उडेको बारेमा प्रश्न उठाएका थिए। उड्डयन मन्त्रालयले यस विषयमा अनुसन्धान थालेको छ ।  ए ४ राष्ट्रिय राजमार्गमा यो वर्ष अहिलेसम्म दुईवटा निजी विमान दुर्घटनामा परेको स्थानीयले बताएका छन् । यसअघि पनि स्थानीय अधिकारीले यहाँबाट विमान उड्ने विषयमा प्रश्न उठाएका थिए ।

बिदाको दिन भएकाले राजमार्गमा सवारीसाधनको चाप बढी रहेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १२ : १८ बजे

चार दिनदेखि बालक बेपत्ता

हुम्ला – हुम्लामा एक बालक चार दिनदेखि बेपत्ता छन् ।

विश्वकप लिग–२ : नेपालले टस जितेर बलिङ रोज्यो

काठमाडौं – आइसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिज अन्तर्गत

कमला नदीमा अस्याथी पुल निर्माण

सिरहा – सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी सडकअन्तर्गत कमला

अक्षयकोष स्थापना गर्न खेलिएको देउसी भैलोबाट ३२ लाख सङ्कलन

म्याग्दी – म्याग्दीको मालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा

पाकिस्तानको लाहोरमा डब्लूएचओको सीमाभन्दा ४० गुणा बढी प्रदूषण

लाहोर – पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरमा वायु प्रदूषण विश्व