उद्योगमन्त्री भण्डारी र तीन दलका प्रमुख सचेतकहरुबीच छलफल « Khabarhub

उद्योगमन्त्री भण्डारी र तीन दलका प्रमुख सचेतकहरुबीच छलफल


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तीन मुख्य दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ मा प्राप्त संशोधनबारे उनले प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् ।

मन्त्रालयमा आज भएको उक्त छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले) का महेश बर्तौला र नेकपा (माओवादी केन्द्र) का हितराज पाण्डेसँग मन्त्री भण्डारीले छलफल गरेका हुन् ।

सो क्रममा उनले लगानी सहजीकरण सम्बन्धी कानुन लचकताका साथ संसद्बाट पास गर्न प्रमुख सचेतकहरुसँग आग्रह गे । लगानीमैत्री वातावरण बनाउन सबै राजनीतिक दलको सहयोग आवश्यक रहेकाले सहयोगका लागि मन्त्री भण्डारीले उनीहरुलाई आग्रह गरे ।

कांग्रेसका प्रमुख सचेतक लेखकले आफ्नो पार्टीका संशोधनकर्ता सांसदहरुसँग छलफल गरेर सहजीकरणको वातावरण बनाउने प्रतिबद्धता जनाए। उनले लगानी सहजीकरणका लागि केही बुँदा संशोधन गर्न आवश्य रहेको बताए।

एमालेका प्रमुख सचेतक बर्तौलाले उद्योग कलकारखाना स्थापनाको विषय सबै दलको साझा ऐजेण्डा भएकाले सत्ता पक्ष र विपक्ष नभनीकन दलिय स्वार्थभन्दा माथि उठेर कानुन निर्माणमा जुट्नुपर्ने बताए। केही जटिल बुँदामा संशोधन आवश्यक रहेको उनको भनाइ थियो ।

माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले संशोधन प्रस्ताव राख्नु उचित भए पनि समय अभावका कारण नगरी नहुने विषय मात्र संशोधन गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

छलफलका क्रममा वनसँग सम्बद्ध निकुञ्ज र मध्यवर्ती क्षेत्र तथा जग्गा हदबन्दीका विषयमा संशोधन जरुरी रहेको औँल्याइएको थियो । उक्त छलफलमा सरोकारवाला मन्त्रालयका सचिवसमेत सहभागी थिए ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १ : ०३ बजे

ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल,

काठमाडौं– तलेजु भवानीको चोरी भएको १४औँ शताब्दी पुराना ऐतिहासिक गहना

सेमिफाइनलमा अर्जेन्टिनाको जित छायामा पार्ने कट्टर दुश्मनी

काठमाडौं – विश्वकपको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २-० ले हराउनु

कांग्रेस सांसद साहविरुद्ध पक्राउ पुर्जी, घरमै पसे व्यापारीमाथि गरेका थिए कुटपिट

काठमाडौं- नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहविरूद्व बिहीबार पक्राउ पुर्जी जारी

उपराष्ट्रपति यादव कतार भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार