जुसको बट्टामा सवा दुई किलो कोकिन, ठमेलको होटलबाट दुई विदेशी समातिए « Khabarhub

जुसको बट्टामा सवा दुई किलो कोकिन, ठमेलको होटलबाट दुई विदेशी समातिए


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले दुईजना तान्जनियाका नागरिकलाई प्रतिबन्धित लागुऔषध कोकिनसहित पक्राउ गरेको छ ।

१ किलो २ सय ४७ ग्राम ७६ मिलिग्राम कोकिनसहित दुईजना तान्जानियाका नागरिक शनिबार काठमाडौंबाट पक्राउ
परेका हुन् ।

काठमाडौं महानगरपालिका-१६ स्थित होटल ग्यालेरीबाट पक्राउ पर्नेहरूमा तान्जानियाका नागरिकहरू ५२ वर्षीय रमाधानी सिम्बा म्वाबुम्बा र ५६ वर्षीय त्वालिब किपेभु पास्हुवा रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उक्त होटलको कोठा नम्बर २०४ बाट रामाधानीलाई जुसको बट्टाभित्र ३५ वटा क्याप्सुलमा रहेको ६ सय ६ ग्राम ५५ मिलिग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उक्त होटलको कोठा नम्बर २०५ बाट त्वालिब पनि जुसको बट्टाभित्र ३७ वटा क्याप्सुलमा रहेको ६ सय ४१ ग्राम २१ मिलिग्राम कोकिनसहित पक्राउ परेका छन् ।

उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १ : ११ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव