स्थानीय उत्पादन प्रवर्द्धन गर्न कोसेलीघर सञ्चालनमा « Khabarhub

स्थानीय उत्पादन प्रवर्द्धन गर्न कोसेलीघर सञ्चालनमा


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दी भित्रने प्रमुख नाका कालीपुलमा स्थानीय उत्पादनको बिक्री कक्ष (कोसेली घर) आजदेखि सञ्चालनमा आएको छ ।

जिल्लामा उत्पादन भएको कृषि, वन, पशुजन्य उत्पादनको बजारीकरण गर्ने उद्देश्यले जिल्लास्थित उद्योग वाणिज्य सङ्घ र महिला उद्यम विकास समितिले बेनी नगरपालिकासँगको समन्वयमा बिक्री कक्ष सञ्चालन गरेका हुन् ।

उक्त कक्षमा जिल्लामा उत्पादित सिमी, भागो, आलु, टिम्मुर, अल्लो र ढाकाका कपडा, मुडा, मह, मकै, अचार, भागोलगायत स्थानीय परिकार राखिएको महिला उद्यम विकास समितिका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिए।

‘म्याग्दी भित्रने र मुस्ताङ जाने–आउने मुख्य नाकामा स्थापना गरिएको कोसेली घरले स्थानीय उत्पादनको बजारीकरणका साथै जिल्लाको पहिचान बढाउन सहयोग पुग्ने अपेक्षा गरेका छौँ’, अध्यक्ष श्रेष्ठले भने, ‘गाउँका किसान र उद्यमीले उत्पादन गरेका कृषि उपज र सामग्री खरिद गरी बिक्री गर्ने व्यवस्था मिलाएका छौँ ।’

कोसेली घर रहेको भवनमा आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्लाका धार्मिक, पर्यटकीयस्थलका बारेमा जानकारी गराउने उद्देश्यले गत वैशाखमा पर्यटक सूचना केन्द्र सञ्चालन गरिएको छ । सूचना केन्द्र र कोसेली घरले पर्यटन प्रवद्र्धनका साथै स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए।

केन्द्रमा एकजना कर्मचारीसहित धार्मिक, पर्यटकीयस्थल, कला, संस्कृतिसम्बन्धी जानकारीमूलक तस्बिर तथा दृश्य सामग्री राखिएको वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठले जानकारी दिए।

सूचना केन्द्र र कोसेली घर स्थापनाका लागि तत्कालीन जिल्ला विकास समिति र बेनी नगरपालिकाले रु २५ लाख बजेट खर्च गरेर भवन बनाइएको नगरप्रमुख सुरत केसीले जानकारी दिए । कोसेली घरको आज उद्घाटन गर्दै उनले बेनीमा पर्यटकको बसाइ लम्ब्याउन, उद्यम व्यवसाय प्रवद्र्धन गर्न कासेली घर र सूचना केन्द्र सहयोगी बन्ने विश्वास गरे ।

कालीपुल बसपार्कलाई व्यवस्थित गरिएको भन्दै बेनी–जोमसोम–कोरला खण्डमा आक्सफाल्ट प्रविधिबाट कालोपत्र गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले ठेक्का आह्वान गरी काम अगाडि बढाएको नगरप्रमुख केसीले बताए ।

नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले कोसेली घर सञ्चालनमा आएसँगै स्थानीय महिलाले उत्पादन गरेका ढाकाका कपडा तथा विभिन्न परिकारका अचारलगायत सामग्रीको बिक्री वितरणमा सहजता हुने अपेक्षा लिइएको बताए।

महिलालाई सीप सिकाउँदै आत्मनिर्भर बनाउन र उद्यमशीलताको विकास गर्न ‘आमा समूहसँग उपमेयर कार्यक्रम’ सञ्चालन गरिएको उनले जानकारी दिए।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १ : १३ बजे

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को