मेयर-वडाअध्यक्ष टकराव : अन्योलमा काठमाडौंको नीति तथा कार्यक्रम र बजेट | Khabarhub Khabarhub

मेयर-वडाअध्यक्ष टकराव : अन्योलमा काठमाडौंको नीति तथा कार्यक्रम र बजेट


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पेस गरेको नीति तथा कार्यक्रम र बजेट अन्योलमा परेको छ ।

महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र वडाध्यक्षहरूबीच बढेको तिक्ताताका कारण नगर सभामा पेस भएको नीति तथा कार्यक्रम र बजेट अन्योलमा परेको हो ।

पछिल्लो समय नगरसभा बैठक बस्नेबारे महानगर प्रमुख शाहले अन्य जनप्रतिनिधिसँग छलफल गरेका छैनन् ।

गत शुक्रबार बोलाइएको नगरसभा बैठकमा उनी अनुपस्थित भएनन् । त्यसपछि नगर सभा बस्दै नबसी स्थगित भएको थियो । उक्त बैठकमा महानगरपालिकाको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पारित गर्नुपर्ने कार्यसूची थियो ।

महानगर प्रमुख शाहले शुक्रबारको बैठक नबस्नुमा वडाध्यक्षहरू दोषी भएको आरोप लगाएका थिए ।

वडाअध्यक्षहरुले महानगर प्रमुख नै बैठकमा उपस्थित नभएको बताए थिए । बैठक स्थगित भएपछि शाहले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै वडाध्यक्षहरूमाथि गम्भीर आरोप लगाएका थिए ।

‘एमाले–कांग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ,’ उनले बैठक स्थगित हुनुको कारणबारे फेसबुकमा लेखेका थिए, ‘सायद कांग्रेस–एमालेले नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै आफ्ना नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर उहाँहरू जानुभयो ।’

शुक्रबारको बैठक स्थगित भएपछि नगर सभा सञ्चालनका लागि जनप्रतिनिधिहरुसँग संवाद नभएको महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले बताएका छन् ।

‘नगर सभा सुरु गर्ने बारे केही जानकारी छैन,’ उनले खबरहबसँग भने, ‘मेयर सा’व हामीसँग कुनै संवादमा हुनुहुन्न ।’

असार २ गते बसेको नगर सभा बैठकमा छलफलबिना नीति तथा कार्यक्रम पेस गर्न खोज्दा जनप्रतिनिधिले विरोध गरेपछि महानगर प्रमुख शाह बैठक स्थगित गरेर ब्राजिल उडेका थिए ।

ब्राजिलबाट फर्किएपछि असार १० गते बसेको नगर सभाको १५ औँ अधिवेशनको तेस्रो बैठकमा जनप्रतिनिधिहरू उनीविरुद्ध खनिएका थिए ।

बैठकमा नगर सभाका अधिकांश सदस्यहरू महानगर प्रमुख शाहका पछिल्ला अभिव्यक्तिको आलोचनामा उत्रिएका थिए ।

शाहले असार २ गतेको बैठकमा नीति तथा कार्यक्रम पास नभएको झोँक सामाजिक सञ्जाल फेसबुकमा पोखेका थिए ।

‘तीनजना नेताले गर्दा, १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन् भयो । काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारे छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सक्ने गरी हुन्छ । यहीकारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौं,’ उनले लेखेका थिए, ‘नगर सभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रूपमा रहँदैन । १६० जनाकै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा त्यसको औपचारिकतामात्रै दिने काम काठमाडौं महानगरपालिकाले गर्दैन । काठमाडौं महानगरपालिकाको नगर सभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।’

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  २ : २९ बजे

एक्लिएपछि मास्कमाथि टेप टाँसेर बसे मुकुल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक घण्टी घर

रविलाई मुकुलको प्रश्न– बोलेका कुरा कहिले पूरा गर्नुहुन्छ ? 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले

प्रतिनिधिसभाका सचिव अधिकारीले लिए शपथ 

काठमाडौं– प्रतिनिधिसभाको सचिवमा नियुक्त सुरेश अधिकारीले पद तथा गोपनीयताको शपथ

लिखित प्रस्तावमै ढकालले लेखे : मैले बिहे गर्ने कि कुमारै बस्ने पार्टीले निर्णय देओस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले

सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित

किमाथांका– सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ४३