मेयर-वडाअध्यक्ष टकराव : अन्योलमा काठमाडौंको नीति तथा कार्यक्रम र बजेट « Khabarhub

मेयर-वडाअध्यक्ष टकराव : अन्योलमा काठमाडौंको नीति तथा कार्यक्रम र बजेट


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पेस गरेको नीति तथा कार्यक्रम र बजेट अन्योलमा परेको छ ।

महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र वडाध्यक्षहरूबीच बढेको तिक्ताताका कारण नगर सभामा पेस भएको नीति तथा कार्यक्रम र बजेट अन्योलमा परेको हो ।

पछिल्लो समय नगरसभा बैठक बस्नेबारे महानगर प्रमुख शाहले अन्य जनप्रतिनिधिसँग छलफल गरेका छैनन् ।

गत शुक्रबार बोलाइएको नगरसभा बैठकमा उनी अनुपस्थित भएनन् । त्यसपछि नगर सभा बस्दै नबसी स्थगित भएको थियो । उक्त बैठकमा महानगरपालिकाको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पारित गर्नुपर्ने कार्यसूची थियो ।

महानगर प्रमुख शाहले शुक्रबारको बैठक नबस्नुमा वडाध्यक्षहरू दोषी भएको आरोप लगाएका थिए ।

वडाअध्यक्षहरुले महानगर प्रमुख नै बैठकमा उपस्थित नभएको बताए थिए । बैठक स्थगित भएपछि शाहले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै वडाध्यक्षहरूमाथि गम्भीर आरोप लगाएका थिए ।

‘एमाले–कांग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ,’ उनले बैठक स्थगित हुनुको कारणबारे फेसबुकमा लेखेका थिए, ‘सायद कांग्रेस–एमालेले नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै आफ्ना नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर उहाँहरू जानुभयो ।’

शुक्रबारको बैठक स्थगित भएपछि नगर सभा सञ्चालनका लागि जनप्रतिनिधिहरुसँग संवाद नभएको महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले बताएका छन् ।

‘नगर सभा सुरु गर्ने बारे केही जानकारी छैन,’ उनले खबरहबसँग भने, ‘मेयर सा’व हामीसँग कुनै संवादमा हुनुहुन्न ।’

असार २ गते बसेको नगर सभा बैठकमा छलफलबिना नीति तथा कार्यक्रम पेस गर्न खोज्दा जनप्रतिनिधिले विरोध गरेपछि महानगर प्रमुख शाह बैठक स्थगित गरेर ब्राजिल उडेका थिए ।

ब्राजिलबाट फर्किएपछि असार १० गते बसेको नगर सभाको १५ औँ अधिवेशनको तेस्रो बैठकमा जनप्रतिनिधिहरू उनीविरुद्ध खनिएका थिए ।

बैठकमा नगर सभाका अधिकांश सदस्यहरू महानगर प्रमुख शाहका पछिल्ला अभिव्यक्तिको आलोचनामा उत्रिएका थिए ।

शाहले असार २ गतेको बैठकमा नीति तथा कार्यक्रम पास नभएको झोँक सामाजिक सञ्जाल फेसबुकमा पोखेका थिए ।

‘तीनजना नेताले गर्दा, १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन् भयो । काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारे छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सक्ने गरी हुन्छ । यहीकारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौं,’ उनले लेखेका थिए, ‘नगर सभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रूपमा रहँदैन । १६० जनाकै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा त्यसको औपचारिकतामात्रै दिने काम काठमाडौं महानगरपालिकाले गर्दैन । काठमाडौं महानगरपालिकाको नगर सभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।’

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  २ : २९ बजे

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक

ब्रिटिश मिडियाको दाबी : अमेरिकी बेसमा हमला गर्न रूसले इरानलाई दिएको थियो स्याटेलाइट सूचना

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले साउदी अरेबियास्थित अमेरिकी सैन्य बेसमा