फ्रान्सको निर्वाचनमा ले पेनको दल आगाडि, राष्ट्रपति म्याक्रोँको दल तेस्रो स्थानमा « Khabarhub

फ्रान्सको निर्वाचनमा ले पेनको दल आगाडि, राष्ट्रपति म्याक्रोँको दल तेस्रो स्थानमा


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फ्रान्समा पहिलो चरणको विधायिकी निर्वाचनमा विजय हासिल गरेपछि फ्रान्सको अति दक्षिणपन्थीहरूले आइतबार सरकार गठन गर्ने र प्रधानमन्त्री पदको दाबी गर्ने ऐतिहासिक अवसरको खोजी गरिरहेका छन् ।

प्रमुख फ्रान्सेली मतदान फर्महरूको अनुमानअनुसार आरएनले ३३ देखि ३३ प्रतिशत मत प्राप्त गरेको छ भने वामपन्थी न्यू पपुलर फ्रन्ट गठबन्धनले २८ प्रतिशत र म्याक्रोँको मध्यमार्गी खेमाले २१ प्रतिशत मत प्राप्त गरेको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँको मध्यमार्गी शक्तिले मात्र तेस्रो स्थानमा चित्त बुझाउनुपरेपछि जुलाई ७ मा हुने दोस्रो चरणको निर्वाचनमा देशलाई वर्वादीबाट जोगाउन आफ्नो दललाई मतदान गर्न राष्ट्रपति म्याक्रोँसहितका नेताले निर्वाचन अभियानलाई सशक्त बनाउने बताएका छन् । तर निर्वाचनका लागि मात्र एक हप्ताको समय रहेको छ । 

मा विपक्षी नेशनल र्‍याली (आरएन) पार्टी मरिन ले पेनले नयाँ नेसनल एसेम्बलीमा पूर्ण बहुमत प्राप्त गर्नेछ वा गर्दैन भन्ने स्पष्ट भइसकेको छैन । ले पेनका समर्थक २८ वर्षीय जोर्डन बर्डेलालाई प्रधानमन्त्री बन्न र सत्ता सम्हाल्ने निश्चित हुन आरएनलाई अहिलेको भन्दा निकै धेरै मतको आवश्यकता पर्नेछ । 

यसै महिना युरोपेली संसद्को चुनावमा आरएनले आफ्नो मध्यमार्गी शक्तिलाई पराजित गरेपछि म्याक्रोनले मध्यावधि चुनाव को आह्वान गरेका छन्। निर्वाचनमा जाने राष्ट्रपति म्याक्रोँको निर्णयले उनका केही सहयोगीहरूसमेतलाई चकित पारेको थियो । 

निर्वाचन घोषणाले म्याक्रोँलाई आँफैमाथि मार पर्ने जोखिम देखिएको छ । पहिलो चरणको निर्वाचन परिणाम नउल्टिएमा यसले राष्ट्रपतिलाई आफ्नो कार्यकालको बाँकी तीन वर्षका लागि निकै कम शक्तिशाली व्यक्ति बनाउनेछ ।

दोस्रो चरणको निर्वाचनपछि ५७७ सदस्यीय राष्ट्रिय सभामा आरएनले बहुमत प्राप्त गर्ने मतदान एजेन्सीहरूले अनुमान गरेका छन् । तर पूर्ण बहुमतका लागि आवश्यक पर्ने २८९ सिट पार्टीले प्राप्त गर्ने आधार स्पष्ट भइसकेको छैन ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  २ : ४३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार