कसरी फैलियो उडानै नभएको रूटमा ताराको जहाज बेपत्ता भएको अफवाह ? « Khabarhub

कसरी फैलियो उडानै नभएको रूटमा ताराको जहाज बेपत्ता भएको अफवाह ?


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


41.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबार दिउँसो २ बजे सामाजिक सञ्जालमा एउटा अफवाह फैलियो ।

उक्त अफवाह थियो, पोखराबाट मुस्ताङ गइरहेको तारा एयरको जहाज सम्पर्कविहीन भएको ।

एकजना सामाजिक सञ्जालका प्रयोगकर्त अमरबहादुर चन्दले पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भन्दै पोस्ट गरे ।

त्यस्तै सन्तोष पोखरेल नामका प्रयोगकर्ताले पनि हुँदै नभएको घटनालाई सामाजिक सञ्जालमा फैलिएको भन्दै सामाजिक सञ्जालमा ताराको जहाजको फोटोसहित विवरण राखे । उनले आफ्नो उक्त पोस्ट फेसबुकका ग्रुपमासमेत सेयर गर्न भ्याए ।

उता आफूलाई समाजसेवी बताउने इशा गुरुङले पनि उक्त अफवाहलाई अझै फैल्याउने काम गरिन् । तीन लाख भन्दा बढी फलोअर भएकी उनले पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भनेर तस्बिरसहित फेसबुकमा लेखेपछि तत्कालै भाइरल भयो ।

उनकै पोस्टमा एकजनाले कमेन्ट गर्दै भनेका छन्, ‘सम्पर्कमा आयो भन्दैछन् फेरि ।’ इशाले अफवाह फैल्याएको भन्दै आलोचना भएपछि उक्त पोस्ट हटाइसकेकी छन् ।

हवाई जहाजका लागि उच्च जोखिमयुक्त मानिने पोखरा-जोमसोम रुटबाट यस्तो खबर आउँदा सामाजिक सञ्जाल प्रयोगकर्ता पत्याउने अवस्थामा पुग्छन् । पहिले पनि यो रुटमा दुर्घटना भइरहेकाले सोमबार पनि त्यस्तै अफवाह भाइरल भयो ।

ताराको उडान नै छैन

सामाजिक सञ्जालका प्रयोगकर्ताले जहाजको तस्बिरसहित अफवाहलाई भाइरल बनाए पनि ताराले पोखरा-जोमसोम रुपमा अहिले उडान नै गर्दै

ताराको काठमाडौंस्थित केन्द्रीय कार्यालयका एक अधिकारीले खबरहबसँग कुरा गर्दै अहिले पोखरा-जोमसोम रुटमा उडान नरहेको पुष्टि गरे ।

‘अहिले पोखरा-जोमसोम रुटमा हाम्रो जहाज नै जाँदैन । उडान नै नरहेको रुटमा जहाज हरायो भनेर सामाजिक सञ्जालमा अफवाह फैल्याइएछ’, उनले खबरहबसँग भने, ‘हामी यसबारेमा आधिकारिक धारणा केहीबेरमा सार्वजनिक गर्दैछौँ ।’

ताराको जाहाज दुर्घटनामा परेको भनेर सामाजिक सञ्जालमा फैल्याइएको अफवाहले केही बेरमै मानिसहरूलाई तरंगित बनायो । तर पोखरास्थित एकजना पत्रका सुमन ढुंगानाले पोखरा-जोमसोम रुटमा अचेल ताराको उडान नै नरहेको बताए ।

उनका अनुसार उडान हुने अरु कम्पनीले पनि पोखराबाट बिहान मात्रै जहाज पठाउँछन्। जोमसोममा दिउँसो अत्यधिक हावा चल्ने र कुहिरोले पनि ढाक्ने भएकाले अन्य कम्पनीका जहाज पनि बिहानै गएर फर्किने उनले बताए ।
‘मध्यान्ह र दिउँसो समयमा यहाँबाट जोमसोममा उडान नै हुँदैन’, उनले भने, ‘ताराको उडान नै नभएको अवस्थमा कसले अफवाह फैल्यायो, अचम्म लागेको छ ।’

उता नागरिक उड्ययन प्राधिकरण पोखरा कार्यालयले पनि तारा एयरको जहाज सम्पर्कविहीन भएको भन्ने खबरलाई अफवाहको संज्ञा दिएको छ । पोखराबाट जोमसोमका लागि ताराको कुनै उडान नै नभएको अवस्थामा अफवाह फैल्याएको भन्दै प्राधिकरणले आपत्ति जनाएको छ ।

ताराले केही अनलाइन र सामाजिक सञ्जालमा गलत सूचना फैल्याउने काम गरिएकाले कानुनी कारबाही अघि बढाउने जानकारी दिएको छ ।

सोमबार तारा एयरका दुईवटा जहाजमध्ये एउटा काठमाडौं र अर्को नेपालगञ्जमा छ । नेपालगञ्जको जहाज कर्णालीमा उडान भर्नका लागि गएको हो ।

ताराले यो अफवाहपछि सोमबार एक वक्तव्य निकालेर कानुनी कारबाहीमा जाने बताएको छ । ‘यस्तो अफवाह समाचार सम्प्रेषण गर्ने तथा बदनियतपूर्वक सामाजिक सञ्जालमा राख्नेविरुद्ध कानुनी कारबाही अघि बढाउने समेत सूचित गरिन्छ’, ताराले भनेको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ३ : १० बजे

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

मोरङ– मोरङको सुन्दरहरैचामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ

एमाले महाधिवेशनस्थलमा प्रतिनिधिहरूको चहलपहल (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

रातभर लगाएर एमालेको महाधिवेशनस्थल तयार, प्रतिनिधिहरूको चहलपहल सुरु

भक्तपुर– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि रातभर लगाएर उद्घाटनस्थलको

महान्यायाधिवक्ता जोडिएको अवैध डिम्ब कारोबार प्रकरणले जन्माएका प्रश्न

काठमाडौं- नाबालिकाहरूको डिम्ब अवैध कारोबारको घटना बाहिरिएपछि इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रक्रियामाथि नै

एमाले बैठकमा नेताहरूबीच भनाभन : को एमाले विरोधी, को ओली विरोधी ?

काठमाडौं– नेकपा (एमाले) को शुक्रबार बसेको बैठकमा नेताहरूबीच भनाभन भएको