गिरिजासंग सम्बन्धित तस्बिर सामाजिक सञ्जालमा राख्न कांग्रेसको आग्रह « Khabarhub

गिरिजासंग सम्बन्धित तस्बिर सामाजिक सञ्जालमा राख्न कांग्रेसको आग्रह


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको तस्बिर सामाजिक सञ्जालमा अनिवार्य रुपमा पोस्ट गर्न आग्रह गरेको छ । 

पूर्वप्रधानमन्त्री कोइरालाको शताव्दी जन्म जयन्तीको पूर्वसन्ध्यामा अनिवार्य रुपमा तस्बिर फेसबुक लगायतका सामाजिक सञ्जालमा पोस्ट गर्न कांग्रेसले नेता-कार्यकर्ताहरूलाई आग्रह गरेको हो । 

जन्म जयन्तीको अवसरमा मंगलबार आयोजना हुन लागेको ‘क्रान्तिदेखि शान्तिसम्म ऐतिहासिक फोटो प्रदर्शनी’ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सूचना विभाग प्रमुख मीन विश्वकर्माले पूर्वसभापति कोइरालाको तस्बिर पोस्ट गर्न आग्रह गरिएको जानकारी दिए । 

विश्वकर्माले नेता–कार्यकर्ताहरुलाई सोमबार बेलुकी ठिक ८ बजे एकसाथ तस्बिर राख्न पनि आग्रह गरे ।

 ‘नेपाली कांग्रेसका सबै तहका नेताहरुले, पार्टी सदस्यहरुले भ्रातृ संस्थाका सदस्य तथा शुभेच्छुक साथीहरूले गिरिजाबाबु सम्बन्धि, सकिन्छ भने आफू पनि भएको, भएन कार्यक्रममा सहभागी भएको, त्यो पनि भएन भने गिरिजाबाबुमात्रै भएको फोटो सामाजिक सञ्जालमा ठ्याक्कै ८ बजे पोस्ट गर्ने हामीले कार्यक्रम बनाएका छौं,’ उनले भने, ‘यो बारे हामी परिपत्र गर्दैछौँ ।’

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ३ : ५७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार