झलनाथको च्याप्टर क्लोज, माधव नेपाल सर्वसम्मत अध्यक्ष  हुनुपर्ने तर्क  « Khabarhub

झलनाथको च्याप्टर क्लोज, माधव नेपाल सर्वसम्मत अध्यक्ष  हुनुपर्ने तर्क 


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एकीकृत समाजवादीको महाधिवेशन आइतबारबाट काठमाडौंमा सुरु भएको छ । यो महाधिवेशनमा पार्टी अध्यक्षमा पुनः माधव कुमार नेपाल नै आउनुपर्ने बहस चलेको छ । 

एमालेबाट विद्रोह गरेको पार्टीले आफ्नो औचित्य पुरा नगरेकाले माधव नेपाको विकल्प खोज्न नसकिने सहभागीहरूको भनाइ छ । यता झलनाथ खनालले पनि सर्वसम्मतिबाट आफू चुनिने सम्भावना कम देखिएपछि अध्यक्षको इच्छाबाट पछि हटेको बताइन्छ । यसो हुँदा उनको करिब करिब । च्याप्टर क्लोज नै भएको छ । 

खनाल निकट नेताले खबरहबलाई भने, ‘सहमति प्रयास नभए आफू निर्वाचन गरेर अध्यक्षमा नउठ्ने सम्मानित नेताले भनिसक्नु भएको छ । त्यसकारण अब नेपाल नै अध्यक्ष रहनुहोला ।’ 

अध्यक्षमा घनश्याम भुसालको पनि चर्चा चलेको थियो। तर उनी महासचिवमा नै पुनः दोहोरिइनुपर्ने आवाज छ । त्यस कारण उनले पनि नेपाललाई नै सहयोग गरेर सर्वसहमत रूपमा नेतृत्व हुनुपर्नेमा जोड छ । हाल सम्मानित नेता झलनाथ खनालको अध्यक्षतामा १३ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ ।

महाधिवेशनमा देशभरबाट आएका १८ सय ४७ प्रतिनिधि आएका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको महाधिवेशनको बन्दसत्रले अध्यक्ष मण्डल गठन गरेको हो । 

अध्यक्ष मण्डलमा डा वेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, घनेन्द्र बस्नेत, प्रवेश हमाल, केशवलाल श्रेष्ठ, धर्मनाथ साह, जयन्ती राई, रामचन्द्र झा, नागेन्द्र चौधरी, सावित्रा भुसाल, महबुज आलम र गणेश बिक सदस्य रहेका छन् । 

बन्दसत्रले पार्टीका उपमहासचिव प्रकाश ज्वाला संयोजक रहनुभएको तीन सदस्यीय माइन्यूट लेखन कमिटी गठन गरेको छ । समितिका सदस्यमा डा गंगालाल तुलाधर र  डा विजय पौडेल रहेका छन् । 

यसैगरी बन्दसत्रले उपमहासचिव जगन्नाथ खतिवडा संयोजक तथा सदस्य राजेन्द्र राई, रामकुमारी झाँक्री, धर्मनाथ साह, जीवनराम श्रेष्ठ, हरि पराजुली, देवसिंह महता, विश्वेश्वर पराजुली, यादव रायमाझी, अनारकली मियाँ, अब्दुल हुसेन खाँण, सरिता खड्का र नवराज श्रेष्ठ रहेको बहस नोट कमिटी गठन गरेको छ ।

अध्यक्ष मण्डलले सम्पूर्ण महाधिवेशन सञ्चालन गर्न विभिन्न संयन्त्र बनाउने, विधान र प्रतिवेदनमाथि छलफलबाट सुझाव लिई दस्ताबेज बनाएर पारित गर्ने जिम्मेवारी रहेको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ४ : ४२ बजे

इबोला नियन्त्रणका लागि ५१ करोड ८० लाख डलर योजना

नयाँदिल्ली– कङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) मा फैलिएको इबोला प्रकोप नियन्त्रण

अवैध लागूऔषधसहित पाँचजना पक्राउ

काठमाडौं– सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १६ ट्याब्लेट, स्पास्मो

रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात

रसुवा– नेपाल र चीनबीच व्यापारिक सम्बन्धको प्रमुख प्रवेशद्वार रसुवागढी नाकाबाट

शिक्षामन्त्री पोखरेलद्वारा डा. डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान

काठमाडौं– डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको

दुई जनालाई डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०८२

काठमाडौं– डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०८२ वरिष्ठ चिकित्सक