सीआईबी प्रमुख भन्छन् : ६० किलो सुन तस्करीमा महरा र दीपेश पुनको संलग्नता देखिएन « Khabarhub

सीआईबी प्रमुख भन्छन् : ६० किलो सुन तस्करीमा महरा र दीपेश पुनको संलग्नता देखिएन


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एवम् एआईजी श्यामलाल ज्ञवालीले सुन तस्करीमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनको संलग्नता नदेखिएको बताएका छन् ।

सुन तस्करीको दोश्रो चरणको अनुसन्धानबारे जानकारी दिन सोमबार काठमाडौंमा पत्रकार सम्मेलनमा सीआईबी प्रमुख ज्ञवालीले यस्तो बताएका हुन्।

उनले विद्युतीय सामाग्री र ब्रेक सुमा लुकाएर ३ हजार १ सय ९४ दशमलव ६६८ सुन तस्करी भएको जानकारी पनि दिएका छन् ।

‘भेपबाहेकको सुन तस्करीको अनुसन्धानका क्रममा पूर्वसभामुख कृष्णबहादुर महरा र दीपेश पुनको संलग्नता देखिएन’, उनले पत्रकारहरूलाई भने ।

ज्ञवालीले भेपबाट भएको सुन तस्करी र ६० किलो प्रकरण अलग अलग भएको बताए । ६० किलो प्रकरणमा महरा र पुन दुवैजनाको संलग्नता नदेखिएपछि उनीहरूको नाम उल्लेख नगरिएको बताए ।

तर ज्ञवालीले विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा भने उनीहरूको नाम जोडिएको बताएका छन् । ‘भेपमार्फत भएको तस्करी प्रकरण अलग्गै हो, त्यसमा अलग्गै अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘विमानस्थललबाट बाहिरिइसकेपछि बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा दुवैजनाको संलग्नता देखिएको छैन ।’

सीआईबीले ६० किलो सुन तस्करी प्रकरण अनुसन्धानका क्रममा तयार पारिएको ५ सय ६२ पृष्ठको प्रतिवेदन सोमबार नै सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ।

सीआईबीले भन्सार ऐन, संगठित अपराध निवारण ऐन, मुलुकी अपराधसंहिता, नागरिकता ऐन, राहदानी ऐन, नेपाल राष्ट्र बैंक ऐनलाई आधार बनाएर प्रतिवादीबाट २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख बिगो माग दाबीसहित अनुसन्धान फाइल बुझाएको हो ।

सीआईबीले ब्रेक सूमा सुन लुकाएर ल्याएको अभियोगमा पक्राउ परेका २५ जनामध्ये २४ जना अभियुक्तहरू पुर्पक्षका लागि थुनामा रहेको पनि जनाएको छ ।

उक्त परिमाणको सुन इलेक्ट्रोनिक मालवस्तु पानी तान्ने पम्प, स्मार्ट वाच, सेभिङ मेसिन, ब्रेक सुमा ल्याइएको सीआईबीले जानकारी दिएको छ ।

सीआईबीका अनुसार अवैध चोरी पैठारी गर्न चिनियाँ नागरिक दाओजिन वाङसमेतको योजनामा स्थापना गरिको थियो । अवैध सुन पैठारीका लागि स्थापित कम्पनीमा भुजेल इलेक्ट्रिक सप्लायर्स प्रा.लि., ह्वाडा इलेक्ट्रिक सप्लायर्स प्रा.लि., छुन्गाक इलेक्ट्रिक सप्लायर्स, दोलखा इलेक्ट्रिक सप्लायर्स र रेडी ट्रेड प्रा.लि. छन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ५ : ०५ बजे

दुई दशक धाउँदा पनि आमाको नामबाट नागरिकता नपाएका पीडित भन्छन्- एनजाइटीको रोगी भएँ

काठमाडौं– आमाको नामबाट नागरिकता लिन अझै असहज भएको पीडितहरूले बताएका

वैदेशिक रोजगारमा जाने कामदारले जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने

ऐनले भने : कर्मचारीले देश बिगारे, बालेनको जवाफ : त्यसको जड नै कांग्रेस-एमाले हुन्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार पनि प्रदेशगत रुपमा सांसदहरूसँग छलफल

चार वर्षपछि पूर्वमिस नेपाल उषाले डिभोर्सी श्रीमानसँग मागिन् २५ प्रतिशत अंश

काठमाडौं– पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीले पूर्वपति जीपी तिमल्सिनासँग

निफ ‘मेन इभेन्ट’मा प्रवेश, आउन थाले विदेशी अतिथि

काठमाडौं – आगामी चैत १९ देखि २३ सम्म हुन लागेको