बीआरआई अन्तर्गतको परियोजनामा अनुदानमात्रै अघि बढाउनुपर्छ : कांग्रेस « Khabarhub

बीआरआई अन्तर्गतको परियोजनामा अनुदानमात्रै अघि बढाउनुपर्छ : कांग्रेस


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चिनिँया सहयोग कार्यक्रम बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतको परियोजनामा अनुदानमात्रै अगाडि बढाउनु पर्ने बताएको छ । 

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले (बीआरआई) अन्तर्गतको परियोजनामा अनुदानमात्रै अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेको हो । 

‘सरकारले बीआरआई कार्यान्वयन गर्न लागेको र चीनका उपविदेश मन्त्री आएका बेला छलफल भएको सन्दर्भमा बैठकमा छलफल भयो । 

बीआरआईको कार्यान्वयनका सन्दर्भमा ठूलो ऋणको बोझ भइसक्यो, ऋणको आकार बढाउँदै लैजान हुँदैन भन्ने हाम्रो निष्कर्ष हो,’ बैठकपछि प्रवक्ता डा। प्रकाशशरण महतले भने, ‘धेरै अनुदान सहयोग समेत कार्यन्वयन नभएको अवस्थामा अनुदान लिने गरेरमात्र यसलाई अघि बढाउनुपर्छ, अहिले ऋण लिने अवस्था छैन । एडीबी र विश्व बैंकको सहुलियतपूर्ण ऋण लामो समयमा तिर्ने सुविधाको अवस्थासमेत हामीले उपयोग गर्न सकेका छैनौँ भने थप ऋण लिएर विकास निर्माण अघि बढाउन सकिन्न भन्ने छलफलको निष्कर्ष रह्यो । अनुदान सहयोग लिने गरेर मात्रै बीआईआई अगाडि बढाउनुपर्छ भन्ने निष्कर्ष निकालेकाले पार्टीको नीति पनि त्यही अनुरूप अगाडि बढ्छ ।’

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ५ : ३८ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई