सत्ता समीकरणको विषयमा अहिलेनै बोल्न उपयुक्त हुँदैन : प्रवक्ता महत « Khabarhub

सत्ता समीकरणको विषयमा अहिलेनै बोल्न उपयुक्त हुँदैन : प्रवक्ता महत


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता समीकरणको विषयमा अहिलेनै बोल्न उपयुक्त नहुने प्रतिक्रिया दिएका छन् । 

बूढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि उनले कांग्रेस–एमालेबीचको सत्ता समीकरणका बारेमा अहिलेनै बोल्न उपर्युक्त नहुने प्रतिक्रिया दिएका हुन् । 

‘यो विषयमा अहिले नै बोल्नु परिपक्व भइसकेको छैन । परिपक्व नभइकन यो विषयमा बोल्नु उपयुक्त हुँदैन,’ महतले भने, ‘मूल कुरा हाम्रो लागि मुद्दा हो । बिना मुद्दा खाली सरकारमा जानको लागि नेपाली कांग्रेसले यो विषयलाई प्राथमिकतामा राख्दैन ।’

प्रवक्ता महतले देशलाई स्थिरता र समृद्धितर्फ उन्मुख गराउन सक्ने परिस्थितिमा मात्रै एमालेसँगको सत्ता समीकरणमा विचार गर्न सकिने पनि बताए । 

‘दीर्घकालीन रुपमा सरकार चल्ने, परिणाममूलक काम गर्न सक्ने, अस्थिरता अन्त्य हुन सक्ने, निर्वाचन पद्धतिले ल्याएका कम्प्लिकेसनहरुलाई कम गर्न सक्ने र देशलाई स्थिरता र समृद्धितर्फ उन्मुख गराउन सक्ने परिस्थितिमा मात्रै यो विषयलाई हामीले विचार गर्न सक्छौँ,’ उनले भने ।

महतले सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस सरकारमा गएर सरकारको नेतृत्व गर्नुपर्छ भन्ने कुरा स्वाभाविक भएको पनि बताए । पदाधिकारी बैठकमा एमालेसँग मिलेर सरकार गठन गर्नेबारे छलफल नभएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ५ : ४८ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का