सत्ता समीकरणको विषयमा अहिलेनै बोल्न उपयुक्त हुँदैन : प्रवक्ता महत « Khabarhub

सत्ता समीकरणको विषयमा अहिलेनै बोल्न उपयुक्त हुँदैन : प्रवक्ता महत


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता समीकरणको विषयमा अहिलेनै बोल्न उपयुक्त नहुने प्रतिक्रिया दिएका छन् । 

बूढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि उनले कांग्रेस–एमालेबीचको सत्ता समीकरणका बारेमा अहिलेनै बोल्न उपर्युक्त नहुने प्रतिक्रिया दिएका हुन् । 

‘यो विषयमा अहिले नै बोल्नु परिपक्व भइसकेको छैन । परिपक्व नभइकन यो विषयमा बोल्नु उपयुक्त हुँदैन,’ महतले भने, ‘मूल कुरा हाम्रो लागि मुद्दा हो । बिना मुद्दा खाली सरकारमा जानको लागि नेपाली कांग्रेसले यो विषयलाई प्राथमिकतामा राख्दैन ।’

प्रवक्ता महतले देशलाई स्थिरता र समृद्धितर्फ उन्मुख गराउन सक्ने परिस्थितिमा मात्रै एमालेसँगको सत्ता समीकरणमा विचार गर्न सकिने पनि बताए । 

‘दीर्घकालीन रुपमा सरकार चल्ने, परिणाममूलक काम गर्न सक्ने, अस्थिरता अन्त्य हुन सक्ने, निर्वाचन पद्धतिले ल्याएका कम्प्लिकेसनहरुलाई कम गर्न सक्ने र देशलाई स्थिरता र समृद्धितर्फ उन्मुख गराउन सक्ने परिस्थितिमा मात्रै यो विषयलाई हामीले विचार गर्न सक्छौँ,’ उनले भने ।

महतले सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस सरकारमा गएर सरकारको नेतृत्व गर्नुपर्छ भन्ने कुरा स्वाभाविक भएको पनि बताए । पदाधिकारी बैठकमा एमालेसँग मिलेर सरकार गठन गर्नेबारे छलफल नभएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ५ : ४८ बजे

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन

कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा बराल र शर्मा मनोनीत

काठमाडौँ । कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा दुई केन्द्रीय

प्रश्नपत्र ‘लिक’ प्रकरणमा पक्राउ परे कैलालीका सन्दीप सिंह

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा

गोरखाको नारीघाटमा महिलाको शव फेला

गोरखा । गोरखा नगरपालिका–१४ स्थित नारीघाटमा एक महिलाको बेवारिसे शव

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित

पर्सा – चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा यहाँस्थित नारायणी अस्पतालको