उत्तरी म्यान्मामा बाढीका कारण दुई हजार घर विस्थापित | Khabarhub Khabarhub

उत्तरी म्यान्मामा बाढीका कारण दुई हजार घर विस्थापित


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारी वर्षाका कारण अय्यारवाडी नदी खतराको संकेतभन्दा माथि बगेपछि उत्तरी म्यान्माको काचिन राज्यका झण्डै दुई हजार घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको काचिन राज्य सरकारले सोमबार जनाएको छ ।

काचिन राज्य सरकारका एक सदस्यले भने, ‘उद्धार कार्य जारी छ । प्रभावित बासिन्दाहरूलाई यस क्षेत्रका ३० विद्यालय, चर्च र गुम्बाहरूमा अस्थायी आश्रयमा सारिएको छ ।’

स्थानीय सञ्चारमाध्यमका अनुसार भारी वर्षाका कारण माइट्काइनावाइङ्माव सहरमा एक हजारभन्दा बढी मानिस फसेका छन् ।

मौसम तथा जल विज्ञान विभागले सोमबार दिएको जानकारीअनुसार मित्किना नगरपालिकाको अय्यारवाडी नदी खतराको संकेतभन्दा करिब पाँच फिट माथि बगेको छ ।

आगामी दुई दिनमा नदीको बहाव अझै दुई फिट बढ्ने र माइट्काइना टाउनसिपको खतराको संकेतभन्दा माथि रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ६ : ०५ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका