ओली भन्छन् : २०८४ मा सबैतिर जितेर एमालेले शासन हातमा लिन्छ « Khabarhub

ओली भन्छन् : २०८४ मा सबैतिर जितेर एमालेले शासन हातमा लिन्छ


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले महान् उद्देश्य र महान् गन्तव्य बोकेर अघि बढेको पार्टी भएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सबै नेपाली जनता सुखी हुनुपर्छ भन्ने सोचका साथ एमाले अघि बढेको दाबी गरे ।

सुखी हुन गरिबी र अभाव हुनु नहुने बताउँदै ओलीले त्यसका लागि अनुकूल वातावरण बनाउने उद्देश्य बोकेर नेकपा एमाले अगाडि बढेको ओलीले प्रष्ट पारे ।

हरेक नागरिकले सुरक्षित, निर्भय र सम्मानपूर्ण रूपले बाँच्न पाउनु पर्नेमा उनले जोड दिए। समृद्ध नेपाल र सुखी नेपाली एमालेको अन्तिम लक्ष भएको ओलीले बताए ।

‘हाम्रो अन्तिम गन्तव्य सुखी नेपाली हो, बिना समृद्धि सुख प्राप्त हुँदैन, सुखको लागि समृद्धि आवश्यक छ’, उनले भनेका छन् ।

एमाले राजनीतिका लागि राजनीति गर्न नआएको ओलीले बताए । एमालेको राजनीति केही व्यक्तिको स्वार्थ पुरा गर्नमा केन्द्रित नभएको उनले स्पष्ट पारे ।

एमालेले देश बनाउनको लागि र जनताका समस्या समाधानका लागि राजनीति गरेको ओलीले बताएका छन् ।

ओलीले आज पनि एमालेका ५ लाख सदस्यहरू यो अभियानमा देशभरि खटिरहेका बताए ।

कम्तीमा ५ लाख कार्यकर्ता आज पनि देशभर क्रियाशील रहेका ओलीले बताए । एमालेका जति क्रियाशील पार्टी सदस्य नेपालका अन्य कुनै राजनीतिक दलमा नभएको उनले दाबी गरे ।

एमालेले संसद्, सरकार र सडक तीनवटै ठाउँबाट देश बनाउने काम गर्ने ओलीले बताए । एमाले नेता कार्यकर्ता अनुशासित रूपमा एकताबद्ध भएर नमुना काम गर्ने गरी अघि बढ्नु पर्नेमा उनले जोड दिए ।

पार्टीभित्र कुनै कमजोरी भए एक ठाउँमा बसेर आलोचना, आत्मालोचना गर्नुपर्नेमा ओलीले जोड दिए।

तर बाहिर नचाहिने टिका टिप्पणी गरेर हिँड्नु ठिक नहुने उनले बताएका छन् । आलोचना भनेको सच्चिनको लागि सहयोग गर्ने कुरा भएको ओलीले प्रष्ट पारे ।

अहिले समाजमा अनेक खालका असन्तुष्टि रहेका उनले बताए । हरेक मानिस अर्काको टिका टिप्पणी गर्न र नाक खुम्च्याउन पाउँदा रमाउने स्थिति रहेको ओलीको भनाइ छ ।

यसले समाजलाई अघि नबढाउन ओलीको धारणा छ । समाजलाई अघि बढाउन सकारात्मक सोचका साथ अघि बढ्नु पर्नेमा उनले जोड दिए । गल्ती भयो भने समयमै सच्याएर अघि बढ्नु पर्नेतर्फ उनले ध्यानाकर्षण गराए ।

२०८४ मा एमालेले सबै ठाउँमा जितेर देशको शासन सत्ता हातमा लिनुपर्ने उनले बताए । एमालेले मिसन २०८४ मार्फत शासन सत्ता प्राप्त गरेर देश बनाउने काममा लाग्नु पर्नेमा उनले जोड दिए ।

ओलीले देश बनाउने पार्टी नेकपा एमाले मात्र भएको बताए । त्यसैले सबैलाई एमालेमा आबद्ध हुन ओलीले आह्वान गर्नुभयो । ‘एमाले हो देश बनाउने पार्टी, आउनुहोस् एमालेमा सामेल हुनुस्’, ओलीले भनेका छन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ६ : ३३ बजे

बालेन्द्रले दमकको उराव बस्तीबाट सोमबार घरदैलो थाल्दै

दमक- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा–५ मा प्रतिनिधि सभा

राष्ट्रियसभा निर्वाचन: बागमती प्रदेशबाट कांग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी

मकवानपुर– राष्ट्रिय सभाको आज भएको निर्वाचनमा बागमती प्रदेशबाट महिलातर्फ नेपाली

स्रो बृहत् राष्ट्रिय बालसाहित्य महोत्सव सुरु

ललितपुर– बालबालिकामा पठन संस्कृति, सम्पदा, प्रविधि, साहित्य र शिक्षाबारे ज्ञान

जिरीका किसानलाई वर्षे आलु रोप्न भ्याई नभ्याई 

दोलखा– आलु खेतीको उर्वर भूमिको रूपमा रहेको जिल्लाको जिरी नगर

स्वास्थ्य बीमा दाबी भुक्तानीसम्बन्धी प्रक्रिया कडाइका साथ पालना गर्न बोर्डको निर्देशन 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानीसम्बन्धी