ओली भन्छन् : २०८४ मा सबैतिर जितेर एमालेले शासन हातमा लिन्छ « Khabarhub

ओली भन्छन् : २०८४ मा सबैतिर जितेर एमालेले शासन हातमा लिन्छ


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले महान् उद्देश्य र महान् गन्तव्य बोकेर अघि बढेको पार्टी भएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सबै नेपाली जनता सुखी हुनुपर्छ भन्ने सोचका साथ एमाले अघि बढेको दाबी गरे ।

सुखी हुन गरिबी र अभाव हुनु नहुने बताउँदै ओलीले त्यसका लागि अनुकूल वातावरण बनाउने उद्देश्य बोकेर नेकपा एमाले अगाडि बढेको ओलीले प्रष्ट पारे ।

हरेक नागरिकले सुरक्षित, निर्भय र सम्मानपूर्ण रूपले बाँच्न पाउनु पर्नेमा उनले जोड दिए। समृद्ध नेपाल र सुखी नेपाली एमालेको अन्तिम लक्ष भएको ओलीले बताए ।

‘हाम्रो अन्तिम गन्तव्य सुखी नेपाली हो, बिना समृद्धि सुख प्राप्त हुँदैन, सुखको लागि समृद्धि आवश्यक छ’, उनले भनेका छन् ।

एमाले राजनीतिका लागि राजनीति गर्न नआएको ओलीले बताए । एमालेको राजनीति केही व्यक्तिको स्वार्थ पुरा गर्नमा केन्द्रित नभएको उनले स्पष्ट पारे ।

एमालेले देश बनाउनको लागि र जनताका समस्या समाधानका लागि राजनीति गरेको ओलीले बताएका छन् ।

ओलीले आज पनि एमालेका ५ लाख सदस्यहरू यो अभियानमा देशभरि खटिरहेका बताए ।

कम्तीमा ५ लाख कार्यकर्ता आज पनि देशभर क्रियाशील रहेका ओलीले बताए । एमालेका जति क्रियाशील पार्टी सदस्य नेपालका अन्य कुनै राजनीतिक दलमा नभएको उनले दाबी गरे ।

एमालेले संसद्, सरकार र सडक तीनवटै ठाउँबाट देश बनाउने काम गर्ने ओलीले बताए । एमाले नेता कार्यकर्ता अनुशासित रूपमा एकताबद्ध भएर नमुना काम गर्ने गरी अघि बढ्नु पर्नेमा उनले जोड दिए ।

पार्टीभित्र कुनै कमजोरी भए एक ठाउँमा बसेर आलोचना, आत्मालोचना गर्नुपर्नेमा ओलीले जोड दिए।

तर बाहिर नचाहिने टिका टिप्पणी गरेर हिँड्नु ठिक नहुने उनले बताएका छन् । आलोचना भनेको सच्चिनको लागि सहयोग गर्ने कुरा भएको ओलीले प्रष्ट पारे ।

अहिले समाजमा अनेक खालका असन्तुष्टि रहेका उनले बताए । हरेक मानिस अर्काको टिका टिप्पणी गर्न र नाक खुम्च्याउन पाउँदा रमाउने स्थिति रहेको ओलीको भनाइ छ ।

यसले समाजलाई अघि नबढाउन ओलीको धारणा छ । समाजलाई अघि बढाउन सकारात्मक सोचका साथ अघि बढ्नु पर्नेमा उनले जोड दिए । गल्ती भयो भने समयमै सच्याएर अघि बढ्नु पर्नेतर्फ उनले ध्यानाकर्षण गराए ।

२०८४ मा एमालेले सबै ठाउँमा जितेर देशको शासन सत्ता हातमा लिनुपर्ने उनले बताए । एमालेले मिसन २०८४ मार्फत शासन सत्ता प्राप्त गरेर देश बनाउने काममा लाग्नु पर्नेमा उनले जोड दिए ।

ओलीले देश बनाउने पार्टी नेकपा एमाले मात्र भएको बताए । त्यसैले सबैलाई एमालेमा आबद्ध हुन ओलीले आह्वान गर्नुभयो । ‘एमाले हो देश बनाउने पार्टी, आउनुहोस् एमालेमा सामेल हुनुस्’, ओलीले भनेका छन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ६ : ३३ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र