मन्त्रीहरूलाई प्रधानमन्त्रीको ब्रिफिङ – यो गठबन्धन लामै समय जान्छ, तलमाथि हुँदैन « Khabarhub

मन्त्रीहरूलाई प्रधानमन्त्रीको ब्रिफिङ – यो गठबन्धन लामै समय जान्छ, तलमाथि हुँदैन


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता सहकार्यको कोसिस भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने अहिलेको गठबन्धन निरन्तर अघि बढ्ने बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ब्रिफिङका क्रममा उनले यस्तो बताएका हुन् ।

‘बाहिर सञ्चारमाध्यममा आएका कुरा हल्ला मात्रै हुन् । हामी अहिले पनि सत्ताका सहयात्रीबीच संवादमा छौँ’, दाहालको भनाइ उद्धृत गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘बाहिरका हल्ला र भित्रका कुराबारे प्रधानमन्त्रीले जानकारी दिनु भयो ।’

शर्माकाअनुसार दाहाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर संवाद भइरहेको पनि बताएका थिए । ‘मेरो निरन्तर रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद भइरहेको छ । हामी सबै कुरामा संवादमै छौँ’, दाहालले क्याबिनेटमा भने, ‘वार्ता चलि नै रहेको छ । बाहिरका हल्ला मात्रै हुन् बेकार हुन् । यो गठबन्धन लामै जान्छ ।’

उनले यो सरकार के होला भनेर चिन्ता गर्नु जरुरी नरहेको पनि बताएका छन् । ‘यो सरकार के होला, कसो होला भन्ने कुरा आएको छ तर यसमा तलमाथि हुँदैन’, दाहालले भने, ‘केहीलाई यो गठबन्धन लामो नजाओस्, नचलोस् भन्ने भएको छ । तर हामी यो सरकारलाई लामै समय टिकाएर लान दृढ छौँ ।’

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ६ : ४८ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका