‘यो सरकार लिसोभन्दा दह्रो भएको छ, पूराका पूरा चल्छ’ « Khabarhub

‘यो सरकार लिसोभन्दा दह्रो भएको छ, पूराका पूरा चल्छ’


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने अहिलेको गठबन्धन सरकार लिसोभन्दा पनि दह्रो भएको बताएका छन्।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकलाई ब्रिफिङका क्रममा उनले यस्तो बताएका हुन् ।

प्रमुख सत्तारुढ नेकपा एमालेले नेपाली कांग्रेससँग संवाद बढाइरहेका बेला दाहालले अहिले सरकार तलमाथि हुने कुनै सम्भावना नरहेको बताएका हुन् ।

‘यो सरकार लिसोभन्दा पनि दह्रो भएको छ, बलियोसँग टाँसिएको छ, यो गठबन्धन झन् दह्रो भएको छ’, दाहालको भनाइ उद्धृत गर्दै एकजना मन्त्रीले खबरहबसँग भने, ‘बाहिर आएका हल्ला गठबन्धनविरोधीहरूले चलाएका हुन् ।’

उनले मन्त्रीहरूलाई ढुक्कसँग काम गर्न पनि निर्देशन दिए । ‘तपाईंहरू नआत्तिनु होला, यो गठबन्धन पूराका पूरा चल्छ’, उनले भने, ‘बाहिर आएका हल्लाहरूलाई वास्ता नगरी आफ्नो काममा लाग्नुस्, दायाँबायाँ केही सोच्नु पर्दैन ।’

दाहालले सञ्चारमाध्यममा आएका कुरालाई हल्लाका रुपमा मात्रै बुझ्न पनि मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

‘बाहिर सञ्चारमाध्यममा आएका कुरा हल्ला मात्रै हुन् । हामी अहिले पनि सत्ताका सहयात्रीबीच संवादमा छौँ’, दाहालले भने, ‘मेरो निरन्तर रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद भइरहेको छ । हामी सबै कुरामा संवादमै छौँ । वार्ता चलिरहेको छ । यो गठबन्धन लामै समय जान्छ ।’

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ७ : २३ बजे

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन