ओलीले बोलाएपछि बालकोटमा उपप्रधानमन्त्री महासेठ « Khabarhub

ओलीले बोलाएपछि बालकोटमा उपप्रधानमन्त्री महासेठ

एमाले उपाध्यक्ष पौडेल पनि बालकोटमै


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले बोलाएपछि उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ बालकोटमा पुगेका छन् ।

उनी केही बेरअघि ओलीको निवास बालकोटमा छिरेका हुन् । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सकिएपछि महासेठ सरकारी निवास पुल्चोक पुगेर बालकोटतिर लागेका हुन् ।

उनीसँगै ओलीले कानुनमन्त्री पदम गिरीलाई पनि बालकोट झिकाएका छन् । यसअघि एमालेको तर्फबाट सरकारमा रहेका सबै मन्त्रीलाई ओलीले छलफलका लागि बालकोट बोलाएको समाचार आएको थियो। 

तर ओलीको सचिवालयले उक्त कुराको खण्डन गर्दै बाहिर आएका समाचारमा कुनै सत्यता नरहेको स्पष्टीकरण दिएको थियो ।

पछिल्लो समय कांग्रेस- एमालेको सरकार गठनबारे दुई दलबीच छलफल चलिरहेको छ । यस्तोबेला ओलीले मन्त्रीहरूलाई झिकाएर छलफल गर्न लागेका हुन् । 

महासेठ बालकोट पुग्नुअघि एमाले उपाध्यक्ष विष्णु पौडेल पनि अध्यक्ष ओलीसँग संवादमा छन् । अहिले ओलीले पौडेल र महासेठसँग छलफल गरिरहेको बालकोट स्रोतले जनाएको छ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ७ : ४० बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका