नेताहरूको दाबी : भोलिसम्म कांग्रेस र एमालेको गठबन्धन सरकार बन्छ « Khabarhub

नेताहरूको दाबी : भोलिसम्म कांग्रेस र एमालेको गठबन्धन सरकार बन्छ


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेताहरूले मङ्गलबारसम्म कांग्रेस र एमाले मिलेर गठबन्धन सरकार बन्ने कुराको टुङ्गो लाग्ने दाबी गरेका छन् ।

उच्च स्रोतका अनुसार कांग्रेस र एमालेबीच भागबण्डामा कुरा भइरहेको छ । भोलिसम्म खाका आइसकेर नयाँ गठबन्धन सरकार गठनको प्रक्रिया सुरु हुने बताइएको छ।

यसका लागि एमाले अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ बालकोटमा छलफल गरिरहेका छन्।

यता कांग्रेसका शीर्ष नेताहरू पनि विभिन्न चरणमा अनौपचारिक छलफल गरिरहेको कांग्रेस स्रोतको भनाइ छ।

एमाले नेताहरूका अनुसार गठबन्धनमा शक्ति बाँडफाँटको प्रारम्भिक खाका तयार भइसके पनि भोलिसम्म सबै सहमति भइसक्ने छ ।

‘हाम्रो अध्यक्षलाई प्रधानमन्त्री मानेर जान कांग्रेस सभापति शेरबहादुर देउवा तयार हुनुभएको छ। भोलिसम्म गठबन्धन परिवर्तन हुने गरी अन्तिम सम्झौता हुन्छ’, एमाले स्रोतले भन्यो ।

एमाले र कांग्रेसबीच सहमतिका लागि अहिले सम्झौताको ड्राफ्ट तयार पार्ने काम भइरहेको छ ।

जसका लागि कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की र एमालेबाट महासचिव शंकर पोखरेल तथा रमेश बडालसहितका नेताहरू खटिएका छन् ।

एमाले प्रमुख सचेतक महेश बर्तौला पनि प्रतिनिधिसभा बैठक सकेर एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुग्दैछन्।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ८ : १० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल