नेताहरूको दाबी : भोलिसम्म कांग्रेस र एमालेको गठबन्धन सरकार बन्छ « Khabarhub

नेताहरूको दाबी : भोलिसम्म कांग्रेस र एमालेको गठबन्धन सरकार बन्छ


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेताहरूले मङ्गलबारसम्म कांग्रेस र एमाले मिलेर गठबन्धन सरकार बन्ने कुराको टुङ्गो लाग्ने दाबी गरेका छन् ।

उच्च स्रोतका अनुसार कांग्रेस र एमालेबीच भागबण्डामा कुरा भइरहेको छ । भोलिसम्म खाका आइसकेर नयाँ गठबन्धन सरकार गठनको प्रक्रिया सुरु हुने बताइएको छ।

यसका लागि एमाले अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ बालकोटमा छलफल गरिरहेका छन्।

यता कांग्रेसका शीर्ष नेताहरू पनि विभिन्न चरणमा अनौपचारिक छलफल गरिरहेको कांग्रेस स्रोतको भनाइ छ।

एमाले नेताहरूका अनुसार गठबन्धनमा शक्ति बाँडफाँटको प्रारम्भिक खाका तयार भइसके पनि भोलिसम्म सबै सहमति भइसक्ने छ ।

‘हाम्रो अध्यक्षलाई प्रधानमन्त्री मानेर जान कांग्रेस सभापति शेरबहादुर देउवा तयार हुनुभएको छ। भोलिसम्म गठबन्धन परिवर्तन हुने गरी अन्तिम सम्झौता हुन्छ’, एमाले स्रोतले भन्यो ।

एमाले र कांग्रेसबीच सहमतिका लागि अहिले सम्झौताको ड्राफ्ट तयार पार्ने काम भइरहेको छ ।

जसका लागि कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की र एमालेबाट महासचिव शंकर पोखरेल तथा रमेश बडालसहितका नेताहरू खटिएका छन् ।

एमाले प्रमुख सचेतक महेश बर्तौला पनि प्रतिनिधिसभा बैठक सकेर एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुग्दैछन्।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ८ : १० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल