गाजा पट्टीबाट दक्षिणी इजराइलमा करिब २० वटा रकेट प्रहार « Khabarhub

गाजा पट्टीबाट दक्षिणी इजराइलमा करिब २० वटा रकेट प्रहार


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – इजराइल रक्षा बल (आइडीएफ)ले सोमबार बिहान गाजा पट्टीबाट दक्षिणी इजराइलतर्फ करिब २० वटा रकेट प्रहार भएको जनाएको छ ।

रकेटहरूले गाजा पट्टी नजिकका समुदायहरू किबुट्ज किसुफिम र किबुट्ज इन हास्लोशामा साइरनहरू बजाएको थियो

आइडीएफले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “गाजाको खान युनिस क्षेत्रबाट करिब २० वटा रकेट प्रहार भएको पहिचान गरिएको थियो ।”

प्यालेस्टिनी इस्लामिक जिहाद, गाजामा मुख्यालय रहेको सशस्त्र समूहले आक्रमणको जिम्मेवारी लिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

इजराइलले सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणको जवाफमा गाजामा आफ्नो सैन्य आक्रमण सुरु गरेको थियो । यस क्रममा हमास लडाकूहरूले दक्षिणी इजराइलमा घुसपैठ गरेका थिए ।

लगातार इजराइली भूमि र हवाई आक्रमणले गाजामा कम्तिमा ३७ हजार नौ सय मानिसको ज्यान लिएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ८ : १७ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम