मोलुङको गौरीडाँडामा पहिराले पाँच परिवार विस्थापित, २३ जोखिममा « Khabarhub

मोलुङको गौरीडाँडामा पहिराले पाँच परिवार विस्थापित, २३ जोखिममा


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा । ओखलढुङ्गामा पहिराले पाँच परिवार विस्थापित भएका छन् । अविरल वर्षाका कारण आज बिहान गएको पहिराले मोलुङ गाउँपालिका–७ जेसे गौरीडाँडाका पाँच परिवार विस्थापित भएका र २३ परिवार जोखिममा परेका हुन् ।

पहिराका कारण स्थानीय टेकबहादुर पहरी, पेशलबहादुर पहरी, मानबहादुर पहरी, अम्बरबहादुर पहरी र तेजबहादुर सुनुवारको घरमा क्षति भई उच्च जोखिममा रहेकाले पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताए। सोही स्थानका अन्य २३ घर पनि जोखिममा छन् । जोखिमयुक्त घरपरिवारलाई सरसामान, पशुचौपायसहित सुरक्षित ठाउँमा सार्ने प्रयास भइरहेको उनले बताए ।

पहिराका कारण सोही वडाको रतनेमा पनि घर जोखिममा परेका छन् । पहिराले स्थानीय पेम्बा तामाङको गोठमा बाँधेका दुईवटा भैसी, दुई राँगा र स्थानीय मिनबहादुर तामाङको गोठ पुरिँदा एउटा राँगो पुरिएकामा उद्धार गरी सुरक्षित ठाउँमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

उनका अनुसार रतनेका भक्तबहादुर तामाङ, सिंहबहादुर तामाङ, महिरानी तामाङ, पेम्बा तामाङ र मिनबहादुर तामाङको घर पहिराको जोखिममा रहेकाले पीडित परिवार, पशुचौपाय र सरसामान सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ ।

पहिराले स्थानीय भुलभुले खोलाबाट पेल्टीसेटमार्फत निकालिएको विद्युत्मा पनि क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ८ : ३१ बजे

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन

कास्की– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि

मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात  बढ्यो

झापा– नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार

सङ्कटापन्न घडियालको प्राकृतिक वासस्थानमा जोगाउनै मुस्किल

नारायणगढ– गत पुस ३ गते चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौराहा सेक्टर,

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

ललितपुर – सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र

रसुवामा ३६ मतस्थल ५७ मतदान केन्द्र कायम

रसुवा – आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यका