दक्षिण कोरिया सामसुङका कामदारहरूद्वारा तत्काल हडताल घोषणा « Khabarhub

दक्षिण कोरिया सामसुङका कामदारहरूद्वारा तत्काल हडताल घोषणा


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सोल – तलब र लाभांशमा विवाद भएपछि सामसुङ इलेक्ट्रोनिक्सका कामदारहरूले तत्काल हडतालमा जाने घोषणा गरेका छन् ।

नेशनल सामसुङ इलेक्ट्रोनिक्स युनियनका प्रमुख सन वु–मोकले भने, “हाम्रा माग पूरा नभएसम्म हामी ‘नो पे नो वर्क’ आम हडतालमार्फत लड्नेछौँ ।” यो कदम जुनमा एक दिनको वाकआउट पछ्याइएको कम्पनीमा पहिलो यस्तो सामूहिक कार्य हो जुन दशकौंसम्म युनियनबिना चलेको थियो ।

सनले भने, “सामसुङ इलेक्ट्रोनिक्सका कर्मचारीहरूलाई भर्खरको प्रस्तावले करिब २८ हजार कामदारहरूको प्रतिनिधित्व गर्ने युनियनका सबै सदस्यलाई निराश बनाएको ।”

कम्पनीले यही वर्षको जुनको हडतालअघि कामदारको तलब पाँच दशमलव एक प्रतिशत वृद्धि गर्ने प्रस्ताव गरेको छ ।

हालको प्रस्तावलाई अस्वीकार गर्दै युननिय प्रमुखले वार्षिक बिदामा सुधार र पारदर्शी कार्यसम्पादनमा आधारित बोनसलगायतका माग राखे ।

सामसुङ इलेक्ट्रोनिक्स संसारको सबैभन्दा ठूलो स्मार्टफोन निर्माताहरूमध्ये एक हो । यो भिडियो, आर्टिफिसियल इन्टेलिजेन्स हार्डवेयरसहित जेनेरेटिभ एआईका लागि प्रयोग गरिने उच्च–अन्त मेमोरी चिपहरू उत्पादन गर्ने विश्वव्यापी रूपमा कम्पनीहरूमध्ये एक हो ।

युनियनका उपाध्यक्ष ली ह्युन–कुकले सोमबार एएफपीलाई भने, “हामीलाई कम्पनीबाट अहिलेसम्म कुनै आधिकारिक सञ्चार प्राप्त भएको छैन कि उनीहरूले हाम्रो हडतालको घोषणा पाएका छन् ।”

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १० : १० बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल