मधेश प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन | Khabarhub Khabarhub

मधेश प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

प्रदेशको सुरक्षा व्यवस्थाबारे जानकारी लिने उद्देश्यका साथ आज जनकपुरधाममा आयोजित बैठकमा उनले प्रदेशमा चोरी, डकैतीजस्ता घटना न्यूनीकरण र तस्करी रोकथाममा गम्भीर भएर लाग्न आठै जिल्लाका प्रहरी प्रमुखलाई निर्देशन दिए ।

“प्रदेशमा विभिन्न हिंसा, आपराधिक क्रियाकलाप, आत्महत्यालगायतका घटना बढ्दै गएका छन् । यसले तपाईं हाम्रो भूमिकामा समेत प्रश्न उठ्छ । त्यसैले यस्ता क्रियाकलाप रोक्न र समाजमा अमनचयनको अवस्था बनाउन प्रहरीको भूमिका महत्वपूर्ण छ, यहाँहरुले थप प्रभावकारी रुपमा काम गर्नुपर्ने आवश्यकता छ । प्रदेश सरकार सम्पूर्ण रुपमा सहयोग गर्न तयार छ”, मुख्यमन्त्री सिंहले भने ।

सुन्दर र शान्त मधेस प्रदेश बनाउने सङ्कल्पसहित कार्ययोजना बनाएर अगाडि बढ्न उनले आग्रह गरे ।प्रहरी अधिकारीहरुले मुख्यमन्त्री सिंहलाई आफ्नो आगामी योजनाबारे जानकारी गराएका थिए ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञ विनोद पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकमा आठवटै जिल्लाका प्रहरी प्रमुखको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १० : ४१ बजे

कोरला नाकामा भवन निर्माण

म्याग्दी – मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा

किसानलाई अनुदानमा हाते ट्रयाक्टर

नुवाकोट – किसानलाई यान्त्रिकीकरण तथा आधुनिकीरकणतर्फ आकर्षित गराउन तारकेश्वर गाउँपालिकाले

पाइप बगाएपछि बागलुङ बजारमा खानेपानीको समस्या

बागलुङ – बर्खा लाग्नासाथ बागलुङ बजारमा खानेपानीको सधै पीरलो हुन्छ

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

हुम्ला – अदानचुली गाउँपालिका–६ मा पर्ने लौँठीगाउँकी ३१ वर्षे गर्भवती

राजनीति दललाई कमजोर बनाएर लोकतन्त्र बलियो हुँदैन : महासचिव पोखरेल

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक