बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखको शपथ आज « Khabarhub

बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखको शपथ आज


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबार बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिँदैछन्। सोमबारको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को साउन १४ गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका हुन्।

बागमती प्रदेश प्रमुख दीपक देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीले बिहीबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिन लागेका हुन्। शपथका लागि राष्ट्रपति कार्यालयले साँझ ५ बजेको समय तोकेको छ।

यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियारलाई प्रदेश प्रमुख बनाएको थियो। उनीहरूलाई हटाएर कांग्रेस–एमाले गठबन्धनले नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो।

यो पनि पढ्नुहोस्

देउवाका प्रिय रोल्पाली कृष्णबहादुर, प्रदेशसभा छिर्न नसकेका यज्ञराजलाई अवसर

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ७ : २५ बजे

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय