केरलामा बाढीबाट मृत्यु हुनेको संख्या १७८ नाघ्यो | Khabarhub Khabarhub

केरलामा बाढीबाट मृत्यु हुनेको संख्या १७८ नाघ्यो


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको केरलाको वायनाडमा आएको बाढी र मुस्खलनमा मृत्यु हुनेको संख्या १७८ पुगेको छ । केरलाको मुख्यमन्त्रीको कार्यालयले अहिलेसम्म १७८ जनाको मृत्यु भएको जसमा २६ बालबालिकासहित ८१ पुरुष र ७१ महिला रहेका छन् ।

त्यस्तै घटनामा बेपत्ता हुनेको संख्या ९८ पुगेको बताइएको छ । प्राकृतिक विपदबाट ठुलो संख्यामा मानिसले ज्यान गुमाएपछि राज्यमा दुई दिनको शोकको घोषणा गरिएको छ ।

अहिले उद्धार कार्यमा एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर संलग्न रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । हाल ८८ राहत  शिविर बनाएर करिब ९ हजारलाई ति शिविरमा राखिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

केरलाको प्रकोप व्यवस्थापन विभागले मानिसहरूलाई पहिरोको सम्भावना भएका ठाउँहरूबाट टाढा रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ११ : ५० बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग