द्वन्द्वकालीन घटनामा पीडितले सहमति दिए मात्रै क्षमादान, नत्र मुद्दा चल्ने « Khabarhub

द्वन्द्वकालीन घटनामा पीडितले सहमति दिए मात्रै क्षमादान, नत्र मुद्दा चल्ने


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुख्य तीन दलले माओवादीले २०५२ सालदेखि २०६२ सालसम्म चलाएको सशस्त्र द्वन्द्वका क्रममा भएका हत्यका घटनालाई दुई किसिमले परिभाषाका लागि सहमति जुटाएका छन् ।

संक्रमणकालीन न्यायसम्ब्धी विधेयकबारे नमिलेका कुरा मिलाउन गठन गरिएको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरू सम्मिलित तीन सदस्यीय कार्यदलले द्वन्द्वकालीन हत्याका घटनालाई दुईवटा परिभाषा दिने सहमति जुटाएको हो ।

जसअनुसार दलहरूले द्वन्द्वकालमा भएको हत्यालाई पहिलो मनसायपूर्वक र दोस्रो स्वेच्छाचारी ढंगका रुपमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा उल्लेख गरेर त्यहीअनुसार कारबाही अघि बढाउने सहमति गरेका हुन् ।

द्वन्द्वकालका समयमा भएका हत्याका घटनालाई मनसायपूर्वक र स्वच्छेचारी ढंगले परिभाषित गरेर अन्तिम सहमति जुटाइएको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

उनका अनुसार द्वन्द्वकालीन हत्याका र मानवअधिकार उलंघनका घटनामा मेलमिलापपत्र र क्षमादान गर्नका लागि पीडितको सहमति आवश्यक हुने कुरामा सहमति भएको छ ।

‘यदि पीडितको सहमति नभए मानवअधिकार उल्लंघनमा पनि सरकारवादी फौजदारी भएमा मुद्दा चल्न सक्ने छ । दुनियाँवादी फौजादरी मुद्दा भएकोमा पीडितलाई चाहेको गर्ने अधिकार दिने कुरा भएको छ । मानवअधिकारको गम्भीर उल्लंघनमा त मुद्दा चल्ने नै भयो,’ गृहमन्त्री लेखकले भने ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  १२ : ४५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार