द्वन्द्वकालीन घटनामा पीडितले सहमति दिए मात्रै क्षमादान, नत्र मुद्दा चल्ने « Khabarhub

द्वन्द्वकालीन घटनामा पीडितले सहमति दिए मात्रै क्षमादान, नत्र मुद्दा चल्ने


१७ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुख्य तीन दलले माओवादीले २०५२ सालदेखि २०६२ सालसम्म चलाएको सशस्त्र द्वन्द्वका क्रममा भएका हत्यका घटनालाई दुई किसिमले परिभाषाका लागि सहमति जुटाएका छन् ।

संक्रमणकालीन न्यायसम्ब्धी विधेयकबारे नमिलेका कुरा मिलाउन गठन गरिएको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरू सम्मिलित तीन सदस्यीय कार्यदलले द्वन्द्वकालीन हत्याका घटनालाई दुईवटा परिभाषा दिने सहमति जुटाएको हो ।

जसअनुसार दलहरूले द्वन्द्वकालमा भएको हत्यालाई पहिलो मनसायपूर्वक र दोस्रो स्वेच्छाचारी ढंगका रुपमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा उल्लेख गरेर त्यहीअनुसार कारबाही अघि बढाउने सहमति गरेका हुन् ।

द्वन्द्वकालका समयमा भएका हत्याका घटनालाई मनसायपूर्वक र स्वच्छेचारी ढंगले परिभाषित गरेर अन्तिम सहमति जुटाइएको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

उनका अनुसार द्वन्द्वकालीन हत्याका र मानवअधिकार उलंघनका घटनामा मेलमिलापपत्र र क्षमादान गर्नका लागि पीडितको सहमति आवश्यक हुने कुरामा सहमति भएको छ ।

‘यदि पीडितको सहमति नभए मानवअधिकार उल्लंघनमा पनि सरकारवादी फौजदारी भएमा मुद्दा चल्न सक्ने छ । दुनियाँवादी फौजादरी मुद्दा भएकोमा पीडितलाई चाहेको गर्ने अधिकार दिने कुरा भएको छ । मानवअधिकारको गम्भीर उल्लंघनमा त मुद्दा चल्ने नै भयो,’ गृहमन्त्री लेखकले भने ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  १२ : ४५ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६