बसेराको बैठकबाट नेताहरूको कार्यविभाजन गर्दै एमाले « Khabarhub

बसेराको बैठकबाट नेताहरूको कार्यविभाजन गर्दै एमाले


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक अहिले काठमाडौंको हनुमानथानस्थित होटल बसेरामा जारी छ ।

मध्यान्ह साडे १२ बजेदेखि जारी बैठकले वर्तमान राजनीतिक अवस्थाको संक्षिप्त समीक्षा गर्दैछ ।

यसका साथै केन्द्रीय नेताहरूको कार्य विभाजनबारे पनि यो बैठकले निर्णय गर्ने तयारी छ ।

गत असार २६ गते बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो ।

त्यही निर्णयअनुसार मापदण्ड बनाएर नयाँ कार्य विभाजन गर्न बैठक बसेको हो ।

यसअघि केन्द्रीय नेताहरूको अन्तरजिल्ला कार्यक्षेत्र निर्धारण गरिएको थियो । एक वर्षपछि अब नेताहरूलाई आफ्नै भूगोलमा खटाउने तयारी एमालेको छ ।

एमालेको बैठक यसअघि केन्द्रीय कार्यालय च्यासलमा बस्ने तयारी थियो । तर मंगलबार राति मनोहरा खोलामा आएको बाढी पसेर कार्यालय डुबानमा परेको छ ।

उता प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सरकारी निवासमा पार्टीको बैठक राख्न उचित नठानेको बताएपछि सचिवालयका लागि बसेरा रोजिएको हो ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  १ : २१ बजे

भैँसीपालनबाट किसानको जीवनस्तर फेरिँदै 

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारू समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनतर्फ

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

गण्डकी– कास्कीको पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन

सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिनेमाथि कारबाही गर्दै साइबर ब्यूरो

काठमाडौं – प्रहरीले सामाजिक सञ्जालमा कानून विपरीत अभिव्यक्ति दिएर भ्रमण

‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ स्याङ्जा

स्याङ्जा– पछिल्ला वर्षहरूमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका