आन्तरिक राजस्व कार्यालय भरतपुरबाट लक्ष्यभन्दा २६ प्रतिशत कम राजस्व « Khabarhub

आन्तरिक राजस्व कार्यालय भरतपुरबाट लक्ष्यभन्दा २६ प्रतिशत कम राजस्व


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्ष २०८०-०८१ मा लक्ष्य भन्दा २६ प्रतिशत कम राजस्व संकलन गरेको छ । कार्यालयलाई विभागले २७ अर्ब ९९ करोड ८७ लाख लक्ष्य तोकेकामा २६ प्रतिशत कम अर्थात २० अर्ब ५६ करोड ७२ लाख २२ हजार मात्र राजस्व संकलन भएको हो ।

कार्यालय प्रमुख निरन भट्टराईका अनुसार विगतका वर्षमा सोही अनुपातमा राजस्व संकलन हुने गरेको थियो । विभागले लक्ष्य बढाउने तर राजस्व संकलनको दर उही रहँदा लक्ष्यभन्दा कम राजस्व संकलन भएको उनले बताए।

उनका अनुसार गत आवमा आयकर तर्फ लक्ष्यको ८८ प्रतिशत मात्र राजस्व संकलन भएको छ । आयकरका लागि विभागले दुई अर्ब ९६ करोड ३८ लाख लक्ष्य तोकेको थियो । 

कार्यालयले दुई अर्ब ६३ करोड १६ लाख राजस्व संकलन गरेको छ । यस्तै मूल्य अभिवृद्धि कर तर्फ लक्ष्यको ८४ प्रतिशत राजस्व संकलन भएको छ । विभागले दुई अर्ब ३३ करोड ७२ लाख लक्ष्य तोकेकामा एक अर्ब ९५ करोड २२ लाख सङ्कलन भएको प्रमुख भट्टराईले जानकारी दिए।

कार्यालयका अनुसार अन्तः शुल्कमा लक्ष्यको ६९ प्रतिशत राजस्व संकलन भएको छ । विभागले २२ अर्ब ३४ करोड ४१ लाख लक्ष्य तोकेकामा कार्यालयले १५ अर्ब ९८ करोड ८२ लाख संकलन गरेको हो । बहाल कर तर्फ ६६ प्रतिशत प्रगति भएको छ । ६० करोड पाँच लाख लक्ष्य दिइएकोमा ४० करोड ३४ लाख राजस्व संकलन भएको भट्टराईले बताए। 

प्रमुख भट्टराईका अनुसार आर्थिक मन्दिका कारण अन्तः शुल्कमा वृद्धि हुन नसक्दा  लक्ष्य प्राप्तिमा कठिनाइ भएको हो ।

 उनले भने, ‘लक्ष्य तोकिए पनि विगत तीन वर्षदेखि संकलनको दर उस्तै हुँदा लक्ष्य प्राप्तिमा कठिनाइ भएको हो ।’ बजारमा पैसा नआउनु र जनताको क्रय शक्तिसमेत कम हुनुले राजस्व वृद्धि नभएको उनको भनाइ छ । देशमा रोजगारीका अवसर सिर्जना हुन नसक्नु र युवाशक्ति विदेश पलायन हुनु राजस्व वृद्धि हुन नसक्नुको कारण हुनसक्ने उनको अनुमान छ । 

उनले भने, ‘घर जग्गा कारोबार कम हुँदा पनि राजस्व संकलनमा कमी आएको हो ।’ कार्यालयमा गत आवमा व्यक्तिगत स्थायी लेखा नम्बर लिने एक लाख ४६ हजार र व्यावसायिक लेखा नम्बर लिने ५७ हजार नौ सय १९ जना रहेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  १ : ५४ बजे

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सडक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा