म्याग्देको छाङडाँडाका प्रत्येक घरमा खानेपानी « Khabarhub

म्याग्देको छाङडाँडाका प्रत्येक घरमा खानेपानी


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्लाको म्याग्दे गाउँपालिका–४ छाङडाँडाका एक सय पचास घरमा लिफ्टका माध्यमबाट खानेपानी वितरण गरिएको छ । झर्लाङ्दी खानेपानी आयोजनाबाट झिरबास, हटिया, गैरा, चोक्रे, तारन्थोकध्यानथोक गरी छवटा बस्तीमा खानेपानी वितरण गरिएको हो । 

‘एक घर, एक धारा’ अभियानअन्तर्गत लिफ्ट प्रणालीबाट खानेपानी सुविधा पुर्‍याइएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार खानेपानी आयोजनाबाट झण्डै आठ सय मानिस प्रत्यक्ष लाभान्वित भएका छन् । 

म्याग्दे गाउँपालिकाको समपूरक योजना, विशेष अनुदान सिफारिस बमोजिम गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेपछि खानेपानी आयोजनाको काम अघि बढाइएको थियो । ‘बस्तीमा खानेपानी सुविधा पुगेपछि स्थानीय खुसी भएका छन्’, उनले भने ‘गाउँपालिकाले ‘एक घर,  एक धारा’ अभियानलाई निरन्तरता दिँदै आएको छ ।’ 

उक्त खानेपानी आयोजनाका लागि आर्थिक वर्ष २०७९-८० मा गण्डकी प्रदेश सरकारबाट २० लाख बजेट विनियोजन भएपछि ट्यांकी निर्माण गरिएको थियो । गत आवमा ६५ लाख बजेट विनियोजन भएको थियो । प्रशासकीय अधिकृत अधिकारीले भने , ‘निर्माणको अन्तिम चरणमा सांसद शंकर भण्डारीले जीआई पाइपलगायत अन्य सामग्री व्यवस्था गरेपछि सम्पन्न गर्न सहज भएको हो ।’

विसं २०६६-६७ देखि सीमित मात्रामा लिफ्टिङबाट खानेपानी उपलब्ध गराउँदै आएको उक्त खानेपानी आयोजना सम्पन्न गर्न करिब रु ९५ लाख खर्च भएको म्याग्दे–४ का अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार हालै सम्पन्न नयाँ लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आएसँगै लामो समयदेखि खानेपानीको समस्याको अन्त्य भएको छ । 

खानेपानी आयोजनाका अध्यक्ष टेकबहादुर श्रेष्ठको घरघरमा पानी पुगेपछि स्थानीयबासीमा खुसी छाएको बताए । 

‘यसअघि बिहान उठेपछि स्थानीयलाई पानीकै चिन्ता हुन्थ्यो’, उनले भने , ‘अहिले घरघरमा पानीको धारा जडान भएपछि त्यो चिन्ता हटेको छ । स्थानीयको दैनिकी सहज बन्दै गएको अपेक्षा लिएका छौँ ।’ 

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  २ : १८ बजे

परमा एकादशी : बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्बिरहरू)

काठमाडौं– परमा एकादशीको अवसरमा आज बिहानैदेखि बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको ठूलो

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

नवलपरासी– पश्चिम नवलपरासीका किसानले रोपाइँ सुरु गरेका छन् । गण्डक

विश्वकप उपाधिको भविष्यवाणी : स्पेन र फ्रान्स मुख्य दाबेदार, कसरी गरियो अनुमान ?

काठमाडौँ – फुटबल जगतकै सबैभन्दा ठूलो महोत्सव ‘फिफा विश्वकप २०२६’

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आजपनि सुनको मूल्य घटेको लागेको छ ।

कांग्रेस क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आज सकिँदै

काठमाडौँ– नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकका लागि तोकिएको समय आज