फोहोरमुक्त गरेर उपत्यकालाई बस्नलायक बनाउछौँ : उपप्रधानमन्त्री सिंह « Khabarhub

फोहोरमुक्त गरेर उपत्यकालाई बस्नलायक बनाउछौँ : उपप्रधानमन्त्री सिंह


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले फोहरमैला व्यवस्थापनमा देखिने समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा काठमाडौं उपत्यका मेयर्स फोरमसँगको भेटमा उपप्रधानमन्त्री सिंहले फोहरमैला व्यवस्थापन पटक पटक समस्या आउँदा संक्रमण फैलिने त्रास भएकाले दीर्घकालीन समाधान गर्ने बताएका हुन् ।

उनले बागमती नदी प्रणााली, स्मार्ट सिटी, फोहोरमैला व्यवस्थापनलगाय क्षेत्रमा छिट्टै नतिजा देखिने गरि मन्त्रालयले काम गरिरहेको बताए ।

भेटका क्रममा स्मार्ट सिटी, सडक बत्तीको महसुल र बागमती सभ्यता लगायत विषयमा फोरमको टोलीले मन्त्री सिंहको ध्यानाकर्षण गराएको छ ।

उपप्रधानमन्त्री सिंहले उपत्यकालाई बस्नलायक बनाउन मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य गरेर काम अघि बढाउने बताए ।

भेटमा मेयर्स फोरमले वर्षौँदेखि स्मार्ट सिटीका लागि जग्गा रोक्का राखिँदा नागरिकलाई समस्या परेको भन्दै फुकुवा गर्न माग गरेको छ । त्यस क्रममा उपप्रधानमन्त्री सिंहले यो समस्या छिट्टै समाधान हुने बताए ।

त्यस्तै, मेयर्स फोरमले सडक बत्तीको बिल विद्यु्त् प्राधिकरणले नागरपालिकाका नाममा पठाएको भन्दै सडक केन्द्र र प्रदेश सरकारकै दायित्वभित्र पर्ने बताएको छ ।

त्यसक्रममा उपप्रधानमन्त्री सिंहले सडक बत्तीको बिलको समस्या समाधानका लागि मन्त्रालयले पहल गर्ने प्रतिबद्धता जनाए । काठमाडौं उपत्यका मेयर्स फोरममा ३ गाउँपालिकासहित १८ वटा स्थानीय तह छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  २ : ३७ बजे

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी