कोशीमा रोजगारी सिर्जना गर्न समझदारी « Khabarhub

कोशीमा रोजगारी सिर्जना गर्न समझदारी


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

विराटनगर– निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौँ र कोशी प्रदेश सरकारबीच विभिन्न उद्यमशीलता र रोजगारमूलक कार्यक्रम गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कोषका कार्यकारी अधिकृत  रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यालयका उपसचिव अर्जुनकुमार निरौलाले आज हस्ताक्षर गरे । 

उक्त समझदारीपछि कोशी प्रदेशका सर्वसाधारण नागरिकमा उद्यमशीलताको विकास र रोजगारका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सर्वसुलभ कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहित गर्ने समझदारीपत्रमा उल्लेख गरिएको छ । 

सो अवसरमा मुख्यमन्त्री कार्कीले समझदारीले प्रदेशमा रोजगारीका नयाँ अवसर सिर्जना गर्न, सीप विकास गर्न, आर्थिकस्तर बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। 

उनले भने, ‘अब प्रदेश नयाँ समझदारीका साथ अघि बढ्दा विकास र रोजगारीमा सहयोग पुग्नेछ ।’

कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले आज भएको समझदारीले नागरिकका अपेक्षा पूरा गर्न सहयोग गर्ने बताउँदै आगामी दिनमा प्रदेशमा नयाँ÷नयाँ काम गर्न सहज हुनेमा जोड दिए ।

कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालयका कार्यकारी अधिकृत रमेशकुमार घिमिरेले कोशी प्रदेशमा युवा रोजगार, घरेलु उद्योग विकास र उद्यमशीलता विस्तारलाई समझदारीले नयाँ ढोका खोलेको बताए । 

मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा मोहन सुवेदीले कोशीमा करिब एक हजार रोजगारी सिर्जना गर्नेगरी यो समझदारी गरिएको जानकारी दिए । उनले यथाशीघ्र रोजगारीका लागि मन्त्रालय तहमा समझदारी गरी अघि बढ्ने विश्वास व्यक्त गरे ।

प्रदेशमा १२ कक्षा उत्तीर्ण करिब एक हजार युवालाई तालिम दिई ‘अनलाइन’ रोजगारी यसै वर्ष दिने प्रदेश सरकारको तयारी रहेको सल्लाहकार डा सुवेदीले जानकारी दिए । 

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  २ : ४१ बजे

के सरकारका अध्यादेश आजबाटै विपक्षी दलले निष्क्रिय गर्दिन सक्छन् ?

काठमाडौँ– सरकारले ल्याएका ८ वटा अध्यादेश विपक्षी दलले आजदेखि नै

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास– अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना गरिएको छ

गोविन्दाको चेतावनीपछि पत्नी सुनिताको नयाँ मार्ग : ‘अब प्रेमभन्दा काम र पैसालाई प्राथमिकता दिन्छु’

काठमाडौँ– बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजा फेरि एकपटक चर्चामा

पश्चिम एसिया तनावबीच अमेरिकी राष्ट्रपति ट्रम्प बुधबार चीन पुग्दै

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समकक्षी सी चिनफिङको निमन्त्रणमा आगामी