गाजामा बढ्दो गतिविधि रोक्न अमेरिकी विदेशमन्त्री ब्लिन्केनको आग्रह « Khabarhub

गाजामा बढ्दो गतिविधि रोक्न अमेरिकी विदेशमन्त्री ब्लिन्केनको आग्रह


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

एजेन्सी मध्यपूर्वका सबै पक्षलाई गाजामा बढ्दो गतिविधि रोक्न र युद्धविराम गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार आग्रह गरेका छन् । 

इरानले इजरायलमाथि आरोप लगाएको तेहरानमा भएको आक्रमणमा हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको मृत्यु भएपछि अमेरिकी कुटनीतिज्ञको यो भनाइ आएको हो । 

इजरायलले लेबनानको राजधानी बेरुतमा गरेको जवाफी कारबाहीमा हिजबुल्लाहका एक शीर्ष कमान्डर मारिएको बताएको केही घण्टापछि इस्माइल हनियाको मृत्यु भएको थियो ।

सिरिया, लेबनान, इराक र यमनमा इरान समर्थित लडाकु समूहमा जारी द्वन्द्व र गाजामा जारी युद्धका कारण क्षेत्रीय तनाव चर्किरहेका बेला यी हत्याहरू भएका हुन् ।

इजरायलले तेहरानको आक्रमणबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । मङ्गोलियाको राजधानीमा बोल्दै उच्च अमेरिकी कूटनीतिज्ञ ब्लिन्केनले मध्यपूर्व द्वन्द्व, हिंसा, पीडा र थप असुरक्षाको दिशामा अघि बढिरहेको बताएका हुन् । 

ब्लिन्केनले मङ्गोलियन समकक्षीसहित गरेको पत्रकार सम्मेलनमा हिंसाको अन्त्य  युद्धविरामबाट सुरु हुन्छ र हामीले यसका लागि काम गरिरहेका छौँ ।

उनले भने, ‘युद्धविराम र शान्तिका लागिसबैभन्दा पहिले सबै पक्षसँग कुरा गर्न, कुनै पनि आक्रामक कदम चाल्न बन्द गर्न र द्वन्द्वरत पक्ष सहमतिमा आउने कारणहरू खोज्न आवश्यक छ ।’

बुधबार सिंगापुरमा ब्लिन्केनले प्यालेस्टिनी इस्लामिक आन्दोलनका नेताको मृत्युबारे प्रत्यक्ष रूपमा टिप्पणी गरेका थिएनन् । इजिप्ट र कतारसँग मिलेर संयुक्त राज्य अमेरिकाले नेतृत्व गरिरहेको गाजामा सम्भावित युद्धविराममा हनियाको हत्याले पार्ने प्रभावबारे कुनै टिप्पणी गर्न उनले अस्वीकार गरे ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ३ : ०२ बजे

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय