नवलपुरमा २५ अर्ब ४४ करोड राजस्व संकलन « Khabarhub

नवलपुरमा २५ अर्ब ४४ करोड राजस्व संकलन


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा २५ अर्ब बढी राजस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्षमा रु २५ अर्ब ४४ करोड ५७ लाख ४३ हजार राजस्व संकलन गरेको हो । 

आन्तरिक राजस्व कार्यालय कावासोतीले सबैभन्दा बढी अन्तशुल्कतर्फ २४ अर्ब २१ करोड ९८ लाख ८१ हजार राजस्व संकलन गरेको जनाएको छ । कार्यालयले गत आवमा आयकरतर्फ ६७ करोड ४६ लाख १७ हजार, मूल्य अभिवृद्धि करतर्फ ४२ करोड ३१ लाख ३९ हजार, ब्याज छ करोड ९२ लाख ९२ हजार, स्वास्थ्य सेवातर्फ तीन करोड ९२ लाख ८८ हजार, घर बहालतर्फ रु एक करोड ९२ लाख ८४ हजार र अन्य रु दुई लाख ४१ हजार राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए।

आव २०८०-८१ मा कार्यालयलाई ३७ अर्ब ४१ करोड १५ लाख ५४ हजार राजस्व संकलनको लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्यको आधारमा गत आवमा ६८ दशमलव ०२ प्रतिशत राजस्व संकलन भएको उनले बताए । आव २०७९-८० को तुलनमा गत आवमा कम राजस्व संकलन भएको उनको भनाइ छ । 

आव २०७९-८० मा रु २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार राजस्व संकलन भएको थियो । गत आवमा अन्तशुल्कतर्फ मात्र ३६ अर्ब राजस्व संकलनको लक्ष्य प्रदान गरिएको थियो । 

खपत बढ्ने अनुमानका साथ धेरै लक्ष्य राखिएकामा अर्थतन्त्रमा आएको सङ्कुचनले गर्दा अन्तशुल्कको संकलनमा कमी आएको सूचना अधिकारी सुवेदीले बताए। 

‘जिल्लामा राजस्व संकलनको ठूलो हिस्सा अन्तशुल्कको रहेको छ । यसमा माग बढेर खपत धेरै हुँदा मात्र राजस्व धेरै हुने हो, सोचे अनुसार खपत नहुँदा राजस्वको लक्ष्य प्राप्ति गर्न सकिएन’, उनले भने, ‘लक्ष्यअनुसार राजस्व संकलन नभए पनि तुलनात्मक रुपमा यो सकारात्मक परिणाम हो ।’

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ३ : १९ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५