नेप्सेमा झिनो अंकको करेक्सन, पौने २२ अर्बको कारोबार   « Khabarhub

नेप्सेमा झिनो अंकको करेक्सन, पौने २२ अर्बको कारोबार  


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं साताको अन्तिम नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झिनो अंकको करेक्सन आएको छ । बिहीबार नेप्सेमा झिनो अंकको करेक्सन आउँदा करिब पौने २२ अर्बको कारोबार भएको छ । 

आज ७४ कम्पनीको शेयर मूल्य बढ्दा ६ वटा समूहको नेप्से भने बढेको छ । नेप्से ५.२९ अंकले नेप्से घट्ता १६४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । नेप्से ०.१९ प्रतिशतले नेप्से घटेर २७५५.६२ विन्दुमा पुग्दा १३ वटा समूहमध्ये ७ वटा समूह राताम्य भएको छ । 

बिहीबार प्रतिशतको आधारमा सबैभन्दा बढी ट्रेडिङ समूहको शेयर घटेको छ । उक्त समूहको शेयर ३.५७ प्रतिशतले घटेर ३६४५.८४ विन्दुमा पुगेको छ । प्रतिशतकै आधारमा सबैभन्दा कम अन्य समूहको शेयर मूल्य घटेको छ । अन्य समूह ०.२२ प्रतिशतले घटेर २०७४.०७ विन्दुमा पुगेको छ । 

प्रतिशतको आधारमा लाइफ इन्स्वरेन्सको शेयर मूल्य बढेको छ । उक्त समूह ३.६९ प्रतिशत अर्थात ४७४.७२ अंकले बढेर १३३०७.४७ बिन्दुमा पुगेको छ । प्रतिशतकै आधारमा सबैभन्दा कम हाइड्रो समूहको बढेको छ । हाइड्र ०.३५ प्रतिशतले बढेर ७२७३.६७ विन्दुमा पुगेको छ । 

नेप्सेमा करेक्सन आउँदा पनि कारोबार भने बुधबारको तुलनामा नै भएको छ । बुधबार भन्दा २० करोड रुपैयाँ कारोबार भएको छ । प्रि ओपन सेसनमा ११ अंकले बढेर सुरु भएको नेप्से बजार बन्द हुँदा ५ अंकले घटेपनि कारोबार २१ अर्ब ७१ करोड १३ लाख ४३ हजार रुपैयाँ बराबरको भएको छ । 

बजार खुलेको ११ मिनेटसम्म बढेको नेप्सेमा त्यसपछि भने ओरालो लागेको थियो । बिहीबार नेप्सेले १२ बजेर २८ मिनेट पछि २८ सयको विन्दु समेत पार गर्दा १२ बजेर ५० मिनेट पछि भने २८ सयको विन्दुबाट तल झरेको थियो । त्यसपछि भने बजार निरन्तर १ः५० सम्म लागेको थियो । 

बिहीबार १ः५० बाट नेप्सेमा फेरी सुधार आएर २ बजेसम्म बजार बढेको थियो । २ बजे पछि भने नेप्से निरन्तर ओरालो गतिमा गएको थियो । २ बजे पछि बीचमा केही करेक्सन आएर बजार थोरै माथि गएको भएपनि साढे २ पछि भने बजार ओरालो लागेको थियो । 

निरन्तर ओरालो लागेको बजार २ः५४ देखि भने फेरी सुधार आएको थियो । तर बजार बन्द हुँदासम्म भने नेप्से बढेन भने सकेको देखिएन । नेप्से रातो हुँदा ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयर किनबेच भएको थियो । 

३३२ वटा कम्पनीको शेयर २ लाख २९ हजार ८१३ पटक कारोबार हुँदा ३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो । नेप्से घट्ता पनि ९ कम्पनीको शेयर भने सकारात्मक सर्किट लाग्यो । एक कम्पनीको शेयर भने नकारात्मक सर्किट लाग्यो ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ३ : ३३ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट