सौर्यका पाइलट मनिषरत्न डिस्चार्ज हुँदै, दुर्घटनाबारे बोल्न निषेध « Khabarhub

सौर्यका पाइलट मनिषरत्न डिस्चार्ज हुँदै, दुर्घटनाबारे बोल्न निषेध


१७ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत साउन ९ गते त्रिभुवन विमानस्थलबाट पोखरा जाने क्रममा काठमाडौंमा भएको सौर्य एयरको जहाज दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्य बिहीबार अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।

काठमाडौं मेडिकल कलेजका निर्देशक प्रा.डा. मीना थापाले क्याप्टेन शाक्यको स्वास्थ्यमा निकै सुधार भएकाले डिष्चार्ज गर्ने तयारी भएको जानकारी दिइन् ।

उनले तत्कालै काममा फर्किन सक्ने अवस्था नरहेपछि स्वास्थ्य अवस्था सुधार भएकाले घरमै आराम गराएर उपचार जारी रहने बताइन् ।

शाक्यको ढाडमा देखिएको समस्या अप्रशेन गर्नुनपर्ने हुन सक्ने उनले बताइन् । उपचारका क्रममा क्याप्टेन शाक्यले जहाजमाथि पुगेपछि नियन्त्रणमा लिन नसकेको मात्रै बताएको डा. थापाले उल्लेख गरिन् ।

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्थाको जानकारी लिदै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले चिकित्सकको मेहनतका कारण अवस्था सुधार हुँदै गएकोमा खुसी व्यक्त गरे ।

अस्पतालका प्रमुख तथा नेपाली कांग्रेसका सांसद सुनील शर्माले समयमा नै उपचार सुरु गरेका कारण क्याप्टेन शाक्यले छिट्टै स्वास्थ्यलाभ गरेको बताए ।

शाक्य ९ गतेदेखि काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको थियो ।

उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ । पाइलट शाक्यको मेरुदण्ड र करङमा चोट लागेको थियो ।

डिस्चार्ज भए पनि उनलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले जहाज दुर्घटनाबारेमा कुनै किसिमको टिप्पणी गर्न र बोल्न रोक लगाएको छ।

सरकारले उक्त प्रकरणमा छानबिन अघि बढाइसकेकाले दुर्घटनामा बाँचेका एक मात्रै पात्र शाक्यलाई बोल्न रोक लगाएको हो ।

नियमित परीक्षणका लागि काठमाडौंबाट कम्पनीकै कर्मचारी र प्राविधिक लिएर पोखरा जाने क्रममा उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

विमान दुर्घटना हुँदा एकजना नाबालक, यमनका नागरिकसहित १८ जनाको ज्यान गएको थियो । दुर्घटनामा बाँचेका पाइल शाक्यलाई तत्कालै अस्पताल लगिएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ३ : ४१ बजे

आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा