गुरु बराल बने एमाले उपाध्यक्ष, मुकुन्द न्यौपाने र लीलानाथ स्थायी कमिटी सदस्य « Khabarhub

गुरु बराल बने एमाले उपाध्यक्ष, मुकुन्द न्यौपाने र लीलानाथ स्थायी कमिटी सदस्य

पार्टी प्रवेश गरेकासहित १७ जना केन्द्रीय कमिटीमा मनोनीत


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले पार्टीका स्थायी कमिटी सदस्य गुरु बराललाई रिक्त रहेको उपाध्यक्ष पदमा मनोनीत गरेको छ ।

तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन भएपछि रिक्त रहेको उपाध्यक्ष पदमा बराललाई मनोनीत गरिएको महासचिव शंकर पोखरेलले बताए ।

‘उपाध्यक्षको रिक्त पदमा स्थायी कमिटी सदस्य गुरु बराललाई मनोनीत गरिएको छ । दुईजनालाई स्थायी कमिटीमा बढुवा गरिएको छ। एकीकृत समाजवादीबाट आउनु भएका हाम्रा पुराना नेता मुकुन्द न्यौपाने र मधेश प्रदेशका पोलिटब्युरो सदस्य लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा ल्याएका छौँ’, उनले भने।

न्यौपाने यसअघि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका उपाध्यक्ष थिए । समाजवादी छाडेर एमालेमा फर्किएका न्यौपानेलाई स्थायी कमिटी सदस्य बनाएको हो ।

महासचिव पोखरेलका अनुसार केन्द्रीय सदस्यमा १७ जना मनोनीत गरिएको छ। पार्टी प्रवेशका क्रममा आएकाहरू चारजना सिन्धुपाल्चोकका सुवास कर्मचार्य, सप्तरीका जितेन्द्र देव, रौतहटका कुन्दनराज कुशवाह र सिरहाका रामप्रीत रामलाई केन्द्री सदस्यमा मनोनीत गरिएको उनले बताए ।

त्यसैगरी पार्टीका नेताहरू कृष्णभक्त पोखरेल (चितवन), कमल तिमल्सिना (अछाम), मुख्य सचेतकसमेत रहेका महेश बर्तौला (मकवानपुर), सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की) र आशा जबेगु (पाँचथर) सहित १७ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरिएको पोखरेलले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ४ : ३२ बजे

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक