एमालेले फेर्‍यो प्रदेश इन्चार्ज : योगेश र गोकर्ण हट्दा पद्मा र लेखराज दोहोरिए « Khabarhub

एमालेले फेर्‍यो प्रदेश इन्चार्ज : योगेश र गोकर्ण हट्दा पद्मा र लेखराज दोहोरिए


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेकपा एमालेले सातै प्रदेशका इन्चार्ज फेरबदल गरेको छ।

काठमाडौंको हनुमानथानस्थित होटल बसेरमा बिहीबार दिउँसो बसेको सचिवालय बैठकले सातै प्रदेशमा नयाँ इन्चार्ज पठाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए ।

जसअनुसार एमालेले कोशी प्रदेशमा स्थायी कमिटी सदस्य शेरधन राईलाई नयाँ इन्चार्ज बनाएको छ । उनी पूर्वराष्ट्रपति विद्या भण्डारी र अध्यक्ष केपी शर्मा ओली दुवैका निकट मानिन्छन् ।

एमालेले मधेशमा बिहीबार मात्रै स्थायी कमिटी सदस्यमा बढुवा भएका लीलानाथ श्रेष्ठलाई इन्चार्ज बनाएको छ । यसअघि यहाँ एमाले सचिव योगेश भट्टराई इन्चार्जका रुपमा थिए ।

को कहाँ ?

कोशी प्रदेश- शेरधन राई
मधेश प्रदेश- लीलानाथ श्रेष्ठ
बागमती प्रदेश- डा. राजन भट्टराई
गण्डकी प्रदेश- किरण गुरुङ
लुम्बिनी प्रदेश- पद्मा अर्याल
कर्णाली प्रदेश- गोरखबहादुर बोगटी
सुदूरपश्चिम प्रदेश- लेखराज भट्ट

यसअघि १८ जेठ २०८० मा च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले सातै प्रदेशको इन्चार्ज तोकेको थियो । त्यसबेला २०७८ मा एमालेमा विवाद हुँदा १० बुँदे हुँदै आएका योगेश भट्टराई र गोकर्ण विष्टले पनि इन्चार्जको भूमिका पाएका थिए ।

तर यस पटक यी दुवै नेताले इन्चार्जको भूमिकाबाट बिखुम हुनु परेको छ । त्यसबेला योगेश मधेश इन्चार्ज हुँदा गोकर्ण गण्डकी इन्चार्जको भूमिकामा थिए । त्यसैगरी यस पटक रघुवीर महासेठले पनि इन्चार्जको भूमिका गुमाएका छन् ।

उनलाई २०८० मा एमालेले कोशी प्रदेशको इन्चार्ज बनाएको थियो । उनी पुष्पकमल दाहाल नेतृत्वको सरकार ढल्नुअघि भौतिक पूर्वाधार मन्त्रीको भूमिकामा पनि थिए।

यस पटक इन्चार्जको भूमिका खोसिने अर्का नेतामा छविलाल विश्वकर्मा पनि हुन् । लुम्बिनी प्रदेशका उनलाई त्यसबेला एमालेले सुदूरपश्चिम प्रदेशको भूमिका दिएको थियो ।

यस पटक एमालेले सुदूरपश्चिममा त्यही भूगोलका लेखराज भट्टलाई जिम्मेवारी दिएको छ । छविलाल यसअघि सभामुख र मन्त्रीका दाबेदारमा थिए । तर उनलाई एमालेले कुनै भूमिका दिएको छैन ।

त्यसबेला को को थिए ?

सुदूरपश्चिम : छविलाल विश्वकर्मा
कर्णाली : लेखराज भट्ट
लुम्बिनी : पद्मा अर्याल
गण्डकी : गोकर्ण विष्ट
मधेश : योगेश भट्टराई
कोशी : रघुवीर महासेठ
बागमती : केन्द्रीय कार्यालय

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ४ : ४६ बजे

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज