नाइजेरियाको एक चिया पसलमा बिस्फोट, १९ जनाको मृत्यु « Khabarhub

नाइजेरियाको एक चिया पसलमा बिस्फोट, १९ जनाको मृत्यु


१७ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

 नाइजेरिया– उत्तरपूर्वी नाइजेरियास्थित एक  गाउँको एक चिया पसलमा भएको बम विस्फोटमा परी १९ जनाको मृत्यु भएको छ । साथै दुई दर्जनभन्दा बढी घाइते भएको नाइजेरियाली सुरक्षा स्रोतले जनाएको छ । 

स्रोतका अनुसार बुधबार साँझ बोर्नो राज्यको काउरी गाउँमा भएको विस्फोट पछिल्लो  समयको सबैभन्दा घातक घटना हो ।

हालसम्म विस्फोटको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन यद्यपी बोको हराम जिहादी समूह र उनीहरूको प्रतिद्वन्द्वी पश्चिम अफ्रिका क्षेत्रीय इस्लामिक स्टेट दुवै बोर्नोमा सक्रिय छन् । नाइजेरियाको सेनाले हालसम्म घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन ।

बोर्नोको ग्वोजा क्षेत्रमा विवाह, अस्पताल र अन्त्येष्टिमा लक्षित गरी थुप्रै आत्मघाती आक्रमण गरी ३२ जनाको हत्या गरेको केही हप्तापछि काउरी आक्रमण भएको हो ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ५ : ०४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको