महेश बर्तौलासहित १७ जना बने एमाले केन्द्रीय सदस्य « Khabarhub

महेश बर्तौलासहित १७ जना बने एमाले केन्द्रीय सदस्य


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेकपा एमालेले मुख्य सचेकत महेश बर्तौलासहित १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

काठमाडौंको बसेरा होटलमा बिहीबार दिउँसो बेको सचिवालय बैठकले मुख्य सचेतक तथा मकवानपुर १ का सांसद बर्तौलासहित १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए ।

उनका अनुसार बर्तौलासहित पार्टी प्रवेश गरेर आएका सुवास कर्मचार्य, कुन्दन कुसवाह, जितेन्द्र देव र रामप्रीत रामलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ।

त्यसैगरी पार्टी नेताहरू कृष्णभक्त पोखरेल, कमलकृष्ण तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनमोहन पौडेल, भरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जवेगुलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।

केन्द्रीय सदस्यमा मनोनीत हुने देव र चालिसे नेपाली कांग्रेस छाडेर एमाले प्रवेश गरेका नेता हुन् । चालिसे बागलुङबाट २०७९ को प्रतिनिधिसभा निर्वाचनअघि एमालेमा प्रवेश गरेकी थिइन् ।

देव गत महिना एमालेमा प्रवेश गरेका हुन् । त्यस्तै कर्मचार्य नेकपा एकीकृत समाजवादीबाट एमालेमा फर्किएका नेता हुन् । उप्रेती निवर्तमान रक्षामन्त्री हुन् ।

 

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ५ : २८ बजे

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक