महेश बर्तौलासहित १७ जना बने एमाले केन्द्रीय सदस्य « Khabarhub

महेश बर्तौलासहित १७ जना बने एमाले केन्द्रीय सदस्य


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेकपा एमालेले मुख्य सचेकत महेश बर्तौलासहित १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

काठमाडौंको बसेरा होटलमा बिहीबार दिउँसो बेको सचिवालय बैठकले मुख्य सचेतक तथा मकवानपुर १ का सांसद बर्तौलासहित १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए ।

उनका अनुसार बर्तौलासहित पार्टी प्रवेश गरेर आएका सुवास कर्मचार्य, कुन्दन कुसवाह, जितेन्द्र देव र रामप्रीत रामलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ।

त्यसैगरी पार्टी नेताहरू कृष्णभक्त पोखरेल, कमलकृष्ण तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनमोहन पौडेल, भरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जवेगुलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।

केन्द्रीय सदस्यमा मनोनीत हुने देव र चालिसे नेपाली कांग्रेस छाडेर एमाले प्रवेश गरेका नेता हुन् । चालिसे बागलुङबाट २०७९ को प्रतिनिधिसभा निर्वाचनअघि एमालेमा प्रवेश गरेकी थिइन् ।

देव गत महिना एमालेमा प्रवेश गरेका हुन् । त्यस्तै कर्मचार्य नेकपा एकीकृत समाजवादीबाट एमालेमा फर्किएका नेता हुन् । उप्रेती निवर्तमान रक्षामन्त्री हुन् ।

 

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ५ : २८ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष