लुम्बिनीबाट हिमशृङ्खलाका मनोरम दृश्यले पर्यटकलाई लोभ्यायो « Khabarhub

लुम्बिनीबाट हिमशृङ्खलाका मनोरम दृश्यले पर्यटकलाई लोभ्यायो


१७ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– बुद्धजन्मस्थल लुम्बिनीबाट नेपालका हिमशृङ्खला देखिनु धेरैलाई अचम्म लाग्न सक्छ । अर्थात् लुम्बिनीबाट पनि हिमाल देखिन्छभन्दा धेरैले नपत्याउन सक्छन् तर असार–साउनमा मौसम सफा भएको अवस्थामा भने लुम्बिनीबाट हिमालको मनोरम दृश्य देख्न सकिन्छ ।

अहिले मौसम सफा भइदिँदा केही दिनदेखि हिमशृङ्खलाका मनोरम दृश्य अवलोकन गरी लुम्बिनी भ्रमणमा आएका पर्यटक रमाइरहेका देखिन्छन् । 

श्रीलंकाबाट बौद्ध तीर्थयात्री लिएर बुद्धजन्मस्थल लुम्बिनी आएका धम्म श्री भन्तेले हाम्रा लागि दुर्लभ मानिने हिमाली दृश्य प्रत्यक्षरूपमा देख्न पाएकामा खुसीको सीमा नरहेको धारणा व्यक्त गरे । उनले भगवान् बुद्धको जन्म हिमालयको काखमा भएको भन्ने भनाइ लुम्बिनी भ्रमणबाट पुष्टि भएको उल्लेख गर्दै कम्तीमा एकपटक लुम्बिनी भ्रमण गर्न समस्त बुद्धमार्गी एवं प्रकृतिप्रेमीसँग अनुरोध गरे ।

बर्सात्पछि छर्लङ्ग खुलेको मौसममा लुम्बिनीबाट उत्तरतर्फ सेताम्मे हिमशृङ्खला देख्दा जो कोही पनि लोभिने अवस्था छ । प्राय असार-साउन महिनामा पानी परेपछि मौसम सफा भएको समयमा लुम्बिनीबाट अन्नपूर्ण, धौलागिरिलगायत हिमालहरु देखिने गरेको मायादेवी मन्दिरमा वर्षौंदेखि पूजाआजा गर्दै आएका स्थानीय योगेन्द्रनाथ पाण्डेले बताए ।  

बुद्धजन्मस्थल लुम्बिनीमा हिमाल देखिन्छ भन्ने सन्देशलाई पर्यटन प्रवर्द्धनमा जोड्न सकिएको छैन भन्दै पर्यटनविद एवं लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले भने, ‘समग्र पक्षलाई समेटेर लुम्बिनीको प्रचारप्रसार हुन सकेको छैन । भगवान् बुद्धले समेत आफ्नो घर हिमालको फेदी बाणगङ्गा नदी किनारमा रहेको बताउनुभएको सन्दर्भमा बुद्धसँग हिमाललाई समेत जोडेर पर्यटन प्रवर्द्धन अभियानलाई सफल र सार्थक बनाउन सम्बद्ध सबैसँग अनुरोध गर्दछु ।’

तराईको समथर पुण्यभूमिमा अवस्थित मायादेवी र अशोक स्तम्भको छेउबाट हिमशृङ्खला देख्न पाउनु आफैँमा महत्वपूर्ण पक्ष हो । लुम्बिनीसहित तराईका अधिकांश जिल्लाबाट असार–साउनमा मौसम सफा भएको बेलामा मनमोहक हिमालसहित रमणीय दृश्य अवलोकन गर्न सकिने स्थानीयवासी बताउँछन् ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ५ : ३० बजे

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

काठमाडौं– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

राँझा– निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका उपभोक्ता किसानको

एभ्री बाउन्ड्री काउन्ट्स : एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा

काठमाडौं– इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मार्फत दुर्लभ तथा

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

काराकास– भेनेजुएलाको सेनाले सीमा क्षेत्रमा रहेको कोलम्बियाली वामपन्थी विद्रोही समूहको

नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं- भारतीय उपमहाद्वीपमा मेजरिंग टुल्स उत्पादन गर्ने एक फ्रीमांसले नेपाली क्रिकेटर