मधेश इन्चार्जबाट फिर्ता योगेशलाई एमाले संसदीय विभागको जिम्मेवारी « Khabarhub

मधेश इन्चार्जबाट फिर्ता योगेशलाई एमाले संसदीय विभागको जिम्मेवारी


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) सचिवालयको बैठकले संसदीय विभाग प्रमुखको जिम्मेवारी पार्टी सचिव योगेश भट्टराईलाई दिएको छ ।

बिहीबार काठमाडौंको हनुमाथनस्थित बसेर होटलमा बसेको एमाले सचिवालय बैठकले भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।

यसअघि एमालेको उक्त विभागमा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ थिए । उनी सञ्चार तथा सूचना प्रविधि मन्त्री भएसँगै भट्टराईलाई उक्त विभागको जिम्मेवारी प्रदान गरिएको हो ।

यसअघि २०८० जेठ १९ गतेदेखि हालसम्म भट्टराई एमाले मधेश प्रदेशको इन्चार्ज थिए । उनले मधेश प्रदेशमा एमालेको संगठन विस्तारमा मिहिनेत गरेका थिए ।

गाउँदेखि जिल्लासम्मको अधिवेशन गराउन पनि सक्रिय भएका थिए । अब मधेश प्रदेश इन्चार्जको भूमिका बिहीबार मात्रै स्थायी कमिटी सदस्यमा बढुवा सिरहाका लीलानाथ श्रेष्ठले पाएका छन् ।

बैठकले सातै प्रदेशमा इन्चार्ज पनि फेरेको छ। कोशी प्रदेशमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा डा. राजन भट्टराईलाई प्रदेश इन्चार्ज बनाइएको छ।

त्यस्तै, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज बनाइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ५ : ३३ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ । पाटी

नायक अविषेकलाई भन्दा बढी किन गायक केहरलाई ब्रान्डिङ गर्दैछन् निर्देशक राउत ?

काठमाडौं – डेब्यू नायक अविषेक खड्का र डेब्यू नायिका आकृति

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ