पाँच मिनेट बोलेका बालेन्द्र भन्छन्- नेताहरू भाषणमा समय बर्बाद गर्छन्, काम गरेर देखाऊँ « Khabarhub

पाँच मिनेट बोलेका बालेन्द्र भन्छन्- नेताहरू भाषणमा समय बर्बाद गर्छन्, काम गरेर देखाऊँ


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सम्पदामैत्री घर र बाटो-सडक निर्माण अघि बढाउनुपर्ने बताएका छन् ।

बिहीबार बागेश्वरीमा काठमाडौं महानगरपालिका–८ को नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले घर र बाटो-सडक सम्पदामैत्री र नेवा: संस्कृतिअनुसारका भएमा पर्यटकीय क्षेत्र राम्रो देखिने बताएका हुन् ।

‘पशुपति क्षेत्र आफैंमा सम्पदा क्षेत्र भएकाले जसरी यो घरको मुहार देखिएको छ, आगामी दिनमा हाम्रा वडा अध्यक्षज्यूहरू, जनप्रतिनिधि र कर्मचारीको सहकार्यले हाम्रो सम्पदामैत्री बाटाघाटा र घरको पनि अनुहार यस्तै देखियोस् भन्ने चाहना छ’, उनले भने, ‘त्यसका लागि बजेट पनि राखिएको छ । घर सम्पदामैत्री नेवा: शैलीमा बनेमा अझै पर्यटकीय क्षेत्र राम्रो देखिन्छ ।’

उद्घाटन समारोहमा मेयर शाहले आफू लामो नबोल्ने बताए । ५ मिनेटको समयमा आफ्ना भनाइ सकेका उनले बोल्नेभन्दा काम गरेर देखाउनुपर्ने बताए ।

शाहले राजनीतिक दलका पदाधिकारी र जनप्रतिनिधितर्फ लक्षित गर्दै धेरै बोल्नेभन्दा समयमै काममा ध्यान दिनु राम्रो हुने बताए ।

‘म धेरै बोल्न चाहन्न, म अब निस्किन लागेको । उहाँहरूले बोल्दिनु भनेर केही कुरा राखेँ । बोल्नेभन्दा काम गर्नुपर्छ भन्ने हो । उहाँहरूलाई गाह्रो छ, (दलका नेतातर्फ लक्षित गर्दै) एउटा लामो लिस्ट पनि बोल्नुपर्दो रहेछ’, उनले भने, ‘जिल्ला सभापतिदेखि महाधिवेशन प्रतिनिधिदेखि लिएर सबैको नाम लिँदालिँदा उहाँहरूको समय जाँदोरहेछ । त्यसोभन्दा पनि अब काममै समय दिऊँ ।’

भिडियो

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ५ : ४३ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम