चीनमा भारी वर्षाका कारण ३० जनाको मृत्यु, ३५ बेपत्ता « Khabarhub

चीनमा भारी वर्षाका कारण ३० जनाको मृत्यु, ३५ बेपत्ता


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनमा परेको भारी वर्षाले निम्त्याएको विपदबाट ३० जनाको मृत्यु हुनुका साथै ३५ जना बेपत्ता भएको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएका छन् ।

एक हप्ताअघि पूर्वी चीनमा अवतरण गरेको ‘टाइफुन गेमी’बाट हुनान प्रान्त विशेष गरी प्रभावित भएको हो । केही क्षेत्रहरूमा २४ घण्टामा ६४५ मिलिमिटर वर्षा मापन भएपछि जिक्सिङ सहरबाट ११ हजारभन्दा बढी मानिसहरूलाई सहरबाट अन्यत्रै सारिएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको थियो ।

जिक्सिङ क्षेत्रका बस्तीलाई जोड्ने धेरै सडकहरू चरम मौसमका कारण अस्थायी रुपमा अवरुद्ध गरिएका थिए जसले बिजुली आपूर्ति र सञ्चार पूर्वाधारलाई पनि असर गरेको थियो ।

‘टाइफुन गेमीबाट सबैभन्दा बढी प्रभावित जिक्सिङ सहरका आठवटा सहरमा अवरुद्ध गरिएको सडकहरू हाल खोलिएको छ  । प्रारम्भिक निष्कर्षले ३० जनाको मृत्यु र ३५ जना बेपत्ता भएको देखाएको छ’, अनुसन्धान र उद्धार प्रयास अझै जारी रहेको बताउँदै राज्य प्रसारणकर्ता सिसिटिभीले बिहीबार जनाएको छ । 

हुनानको योङ्क्सिङ काउन्टीमा तीन जनाको मृत्यु भएको र आइतबार प्रान्तका अन्य ठाउँमा गएको पहिरोमा १५ जनाको मृत्यु भएको छ । 

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ६ : ०२ बजे

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो