तलब बढाउन माग गर्दै सामसुङका कर्मचारी पुनः आन्दोलित « Khabarhub

तलब बढाउन माग गर्दै सामसुङका कर्मचारी पुनः आन्दोलित


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

सियोल–  सामसुङ इलेक्ट्रोनिक्सका दक्षिण कोरियाली युनियनका नेता तथा सदस्यले बिहीबार तलब तथा सुविधा वृद्धिका लागि माग गर्दै विरोध प्रदर्शन गरेका छन् । नयाँ वार्ता असफल भएपछि उनीहरूले कम्पनी अध्यक्ष र उत्तराधिकारीको घरमा घेराउ गरेका हुन् ।

युनियनले जुलाईमा पनि तलब तथा सुविधा वृद्धिका लागि माग गर्दै हडताल गरेका थिए । उक्त समूहले सोही आन्दोलनलाई स्वरूप बदलेर ‘अनिश्चितकालका लागि’ विस्तार गरेको थियो ।

आन्दोलित कामदारहरूले यस हप्ताको सुरुमा उत्पादन मेसिन अवरुद्ध गरे पनि दोस्रो त्रैमासिकमा नाफामा भएकाले सेमिकन्डक्टर प्रशोधनमा ढिलाइ भए पनि प्रभाव तत्काल नहुने सनल सामसङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) का उपाध्यक्ष ली ह्युन–कुकले बताए ।

युनियनले बुधबार व्यवस्थापनसँग अन्तिम वार्ता गरेको तर सहमतिमा पुग्न नसकेपछि आन्दोलनको घोषणा गरेको थियो ।

सामसुङ इलेक्ट्रोनिक्सको हडतालका लागि ली जे योङ जिम्मेवार हुनुपर्छ भन्ने पोस्टर बोकेका युनियनका अधिकारीहरू बिहीबार सामसुङका अध्यक्ष ली जे योङको घर बाहिर भेला भई प्रदर्शन गरेका थिए ।

युनियनले कम्पनीले हडतालमा सहभागीको ‘कालोसूची’ सिर्जना गर्नेसहित अवैध माध्यमबाट हडताल तोड्न खोजिरहेको युनियनका प्रमुख सोन वु मोकले बताए।

यसैबीच सामसुङले बुधबार श्रमिक युनियन हडताल चाँडै समाप्त भएको सुनिश्चित गर्न सञ्चार र छलफल गरिरहेको र ग्राहकको प्रतिक्रिया दिन कुनै समस्या नभएको जनाएको छ ।

आन्दोलनरत नेशनल सामसुङ इलेक्ट्रोनिक्स युनियनमा कम्पनीको एक चौथाइ अर्थात् करिब ३६ हजार सदस्य रहेका दाबी गरिएको छ । कम्पनीमा श्रम सङ्गठन गर्न वर्जित गरिएको छ ।

दुई वर्षअघि युनियनले लीको निवास अगाडि प्रदर्शन गरी तीन वटा थप बिदाहरू थप्न सफल भएको थियो ।

याे पनि …

सामसुङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ७ : २२ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्