‘मयूर’लाई ‘गोरु’को भोजन भनेपछि ‘ट्रोल’ बनिन् कथा वाचिका चन्द्रकला | Khabarhub Khabarhub

‘मयूर’लाई ‘गोरु’को भोजन भनेपछि ‘ट्रोल’ बनिन् कथा वाचिका चन्द्रकला

ब्यासबाट भनिन्- त्रुटि हुन सक्छ, जिब्रो चिप्लिन सक्छ, कमजोरी स्वीकार्छु


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


78.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पशुपतिमा जारी कोटीहोममा एकपछि अर्का सुन्दरी कथा वाचिका आउने क्रम जारी छ ।

भारतलाई कर्मभूमि बनाएर पढिरहेकी देवी प्रतिभा बृन्दावन फर्किएलगत्तै बेलायताबाट अर्की कथावाचिका चन्द्रकला सखी आएकी छन् ।

उनी पनि देवी प्रतिभा जस्तै दर्शक श्रोतालाई मन्त्रमुग्ध बनाउने गरी पुराणका कथा सुनाइरहेकी छन् ।

पशुपतिमा जारी कोटीहोममा भक्जनको पनि ओइरो लागेको छ । प्रवेश गर्ने र निस्किने गेटमा सम्हालिनसक्नु भिड छ । भिड व्यवस्थापन गर्न आयोजक र सुरक्षाकर्मीलाई हम्मे परेको छ।

बुधबारदेखि ब्यासबाट कथा वाचन गरिरहेकी चन्द्रकलालाई नेपाली संस्कृति र परम्पराको पनि राम्रो ज्ञान रहेको छनक देखाइरहेकी छन् । उनले नेपाली सनातन धर्मसँग सम्बन्धित कथाले दर्शक श्रोतालाई मन्त्रमुग्ध बनाउँदैछिन् ।

उनलाई नेपालकै पहिलो महिला रामचरितमानस र भक्तमाला कथा वाचिका पनि भनिन्छ । उनले दर्शकलाई मोहित मात्रै पारेकी छैनन् भावुक पनि बनाइरहेकी छन् ।

काभ्रेपलाञ्चोककी देवी प्रतिभा भारत फर्किनु दुई दिनअघि मात्रै डिभोर्स र महिलाबारे बोलेर विवादसँगै आलोचनाकोसमेत शिकार भइन् । यद्यपि उनले आफ्नो उक्त भनाइबारे स्पष्टीकरण पनि दिइन् ।

यता चन्द्रकला भने कथा वाचन थालेको दिनमै सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छन् । बुधबार कथा वाचनका क्रममा उनले गोरुको प्रिय भोजन मयूर भएको बताएसँगै त्यसलाई बुझ्ने नबुझ्ने दुवैले हाँसोको समेत विषय बनाएका छन् ।

गोरुले मयूर (पंक्षी) लाई प्रिय मानेर भोजनका रुपमा खाने गरेको कथामा सुनाएपछि अनेक अर्थ लगाएर उनलाई उडाउने काम भइरहेको छ ।

‘शिवजीले गलामा के लगाउनुहुन्छ ? सर्प धारण गर्नुहुन्छ । शिवजीको बहान गोरु हुनुहुन्छ । माता पार्वतीको बहान सिंह हुनुहुन्छ । कार्तिकेयको बहान हो मयूर । गणेशजीको बहान मुसा हो । पार्वतीको बहान सिंह जो छ, साइन्स (विज्ञान) मा भनिएको छ, इकोलोजी सिस्टममा भनिएको छ, सिंहको अत्यन्त प्रिय भोजन भनेको गोरु हो । गोरुको अत्यन्त प्रिय भोजन मयूर हो । त्यस्तै मयूरको प्रिय भोजन सर्प र सर्पलाई अत्यन्तै मन पर्ने मुसा हो । तर, शिव परिवारभित्र एक-आपसमा कहिले पनि कलह झगडा छैन । यसबाट हामीले के बुझ्नुपर्छ भने हामी अनेक जातजाति छौँ, सबै मिलेर बस्न सक्छौं, बस्नुपर्छ । जुन राष्ट्रमा पशुपतिनाथ हुनुहुन्छ, त्यो राष्ट्रमा कलह कसरी हुन सक्छ ?’, उनले बुधबार यसरी प्रवचन दिँदै कथा सुनाएकी थिएन ।

अहिले यही प्रवचनको अंशका रुपमा रहेको गोरुको प्रिय भोजन मयूर रहेको प्रसंगलाई लिएर चन्द्रकलालाई एउटा पंक्तिले हाँसीमजाकको विषय बनाइरहेको छ ।

के हो मयूरको अर्थ ?

चन्द्रकलाले भनेको मयूरको अर्थ र परिभाषा नेपाल प्रज्ञा प्रतिष्ठानको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’मा पनि गरिएको छ । जसमा मयूरलाई एक फूलका रुपमा चिनाइएको छ ।

उक्त शब्दकोषमा ‘मयूर’को अर्थ ‘फूल’सँगै पुराणअनुसार सुमेरु पर्वतत्रिको एक पर्वतका रुपमा पनि अर्थ लगाइएको छ । त्यस्तै उक्त शब्दकोशले मयूरलाई अर्को नाममा ‘मुजुर’ पनि भनेको छ । मुजुर भन्नाले पंक्षी भनेर बुझिन्छ। त्यही शब्दकोशले मयूरबाट ‘सूर्यशतक’का रचयिता एक कवि भनेर पनि उल्लेख गरेको छ ।

मयूरको अर्थ फूल हुने कुराको ख्याल नहुने या याद नगर्नेहरूले चन्द्रकलाले गोरुले पंक्षी मयूर खान्छ भनेर अल्पज्ञान छल्काएको बताइरहेका छन् । तर केहीले भने पुराणको समयभन्दा पहिले गोरु मांसाहारी रहेको हुन सक्ने लख पनि काट्दैछन् ।

चन्द्रकलाले एकले अर्कालाई खान सक्ने, जीवन नै समाप्त गरिदिन सक्ने प्राकृतिक संरचना भए पनि उनीहरू एकसाथ मिलेर बस्न सक्ने अर्थमा उक्त कुरा झिकेकी थिइन् । उनले भगवान् शिव परिवार जस्तै अहिलेका मानिसहरू पनि मिलेर बस्नुपर्ने सन्देश दिन चाहेकी बुझ्न सकिन् छ । तर, उक्त लामो कथाबाट ‘गोरुको खाना मयूर’ भनेको कुरा मात्रै अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो ।

स्पष्टीकरण

बुधबार बोलेको आफ्नो कुरालाई लिएर सामाजिक सञ्जालमा बहस भएको थाहा पाएकी चन्द्रकला बिहीबार ब्यासमा देखिँदा सजग र सचेत देखिइन् । उनले बिहीबार हिजोको सम्बोधनलाई उल्लेख नगरी उक्त भनाइबारे गल्ती स्वीकार्दै जवाफ दिएकी छन् । नम्र शैलीमा चन्द्रकलाको भनाइ थियो, ‘म एक एक विदुषी नभएकोले सानोतिनो त्रुटिहरू हुन सक्छन् । बोल्दा कहिलेकाहीँ जिब्रो चिप्लिन सक्छ, त्यस्ता कुरालाई गम्भीर भएर ध्यान नदिनु होला ।’

उनले आफूले नेपाल आएर सन्तजनको कृपा प्रसाद मात्रै प्रस्तुत गरिरहेको बताइन् । ‘मैले हिजो पनि भनेँ, म कुनै विद्वान होइन । म कुनै पण्डित वा विदुषी होइन । सन्तजनको कृपा प्रसाद मात्रै यहाँहरूसमक्ष प्रस्तुत गर्दैछु । जसकारण यहाँ प्रस्तुत गर्ने क्रममा कहीँ कतै त्रुटि हुन सक्लान् । तिनलाई हजुरहरूले सानी बालिकाले बोलेको सम्झेर क्षमा गर्नुहुन्छ होला ।’

उनले त्यसक्रममा एउटा उक्ति पनि निकालिन् । ‘जब बालकले तोते बोली बोल्न थाल्छ, त्यस समय आमाबुवालाई उसको बोली अत्यन्त प्रिय लाग्छ । बालकले बोलेका हरेक वाणी गुरु र मातापिताले अत्यन्त ध्यानपूर्वक सुन्नुहुन्छ रे ! प्रिय भक्तजन, आज म हजुरहरूको सानी छोरी कथावाचन गर्दैछु….।’

उनले आफ्ना सानातिना त्रुटिलाई धेरै ध्यान नदिन पनि आग्रह गरिन् । ‘यदि म हजुरहरूकी हो भने हजुरहरूले पनि मेरा साना त्रुटिलाई ध्यान दिनुहुन्न होला । भनिन्छ नि ! कसैलाई अपनाइन्छ भने उसको कमीलाई पनि स्वीकार्नुपर्छ रे! प्रिय भक्तजनहरू । हो कि होइन ? म हजुरहरूको हो कि होइन ? यदि हामीले राम्रोलाई अपनायौँ भने उसको नराम्रोलाई पक्षलाई पनि अपनाउनुपर्छ । मैले भन्नुको तात्पर्य कमजोरीसमेत स्वीकार्न सक्नुपर्छ भन्न खोजेको हो ।’

उनले कोही पनि व्यक्ति आफैंमा पूर्ण हुन नसक्ने पनि बताइन् । ‘हरेक व्यक्ति आफैंमा पूर्ण हुँदैन । हरेक व्यक्तिमा सबै क्षमता नहुन सक्छ । म आफूलाई सानोभन्दा सानो अकिञ्चन मान्छु । भनिएको छ, ठूला-ठूला योगीजन, सन्तजन, मान्यजन पनि जन्म-जन्मसम्म रामको चर्चा गर्नुहुन्छ रे ! अन्त्यको समय जब आउँछ, त्यसबेला राम कहीँ याद आउँदैनन् रे ! राम उच्चारण गर्दा ‘लाम’ हुन्छ’, उनले स्वीकारोक्तिसहित भनिन् ।

यसअघि वनकालीको ब्यासबाट कथा वाचन गरिरहँदा देवी प्रतिभाले विवाहित महिलाबारे गरेको टिप्पणीका कारण आलोचना भोग्नुपरेको थियो । हिन्दु र सनातन संस्कृतिमा ‘डिभोर्स’भन्ने शब्द नै नभएकाले पति जति नै खराब भए पनि महिलाले सहेर बस्नुपर्ने आशयसहित उनले दिएको अभिव्यक्तिको कडा आलोचना भएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ७ : ५३ बजे

‘पूर्ण बहादुरको सारङ्गी‘ २० हलबाट उतार्ने निर्माण पक्षको घोषणा

काठमाडौं – देशभरका हलमा उच्च शो र हाउसफुल अकुपेन्सीसाथ प्रदर्शन

लालझाडीमा छावा जन्माएका जङ्गली हात्तीको आतङ्क

कञ्चनपुर – लालझाडी गाउँपालिका क्षेत्रमा जङ्गली हात्तीको बथानले उपद्रो मच्चाउन

हिउँद नलाग्दै सुक्न थाले मधेशका खोला

सिरहा – सिरहाको मिर्चैया नगरपालिका–७ स्थित खोरियाटोलकी चमेली सदायलाई नजिकै

हमासले सार्वजनिक गर्‍यो इजरायली बन्धक ट्रुपानोभको चौथो भिडियो

एजेन्सी – गाजामा सक्रिय प्यालेस्टाइनी लडाकु समूह हमासले २०२३ अक्टोबरको

काठमाडौं महानगरका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट निःशुल्क एक्स–रे सेवा

काठमाडौं – काठमाडौँ महानगरपालिकाले वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट नागरिकलाई