भेनेजुएलामा रहेको अर्जेन्टिनाको दूतावास ब्राजिलको नियन्त्रणमा « Khabarhub

भेनेजुएलामा रहेको अर्जेन्टिनाको दूतावास ब्राजिलको नियन्त्रणमा


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीले बिहीबार भेनेजुएलामा आफ्नो देशको दूतावासको जिम्मा लिएकामा ब्राजिललाई धन्यवाद दिएका छन् । 

ब्युनस आयर्ससले भेनेजुएलाका राष्ट्रपतिमा निकोलस मदुरो पुनर्निर्वाचित भएकामा प्रश्न उठाएपछि कर्मचारीहरूलाई छाड्न आदेश दिएपछि ब्राजिलले अजेन्टिनाको दूतावासको जिम्मा लिएको हो ।

अर्जेन्टिना सात ल्याटिन अमेरिकी मुलुकमध्ये एक हो जसका कूटनीतिक कर्मचारीहरूलाई भेनेजुएला छाड्न भनिएको थियो । ती सात ल्याटिन मुलुकका सरकारहरूले आइतबारको निर्वाचन परिणामको पूर्ण समीक्षा गर्न आग्रह गर्दै संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका थिए ।  

भेनेजुएलाका छ जना विपक्षी व्यक्तिहरू हाल अर्जेन्टिनी दूतावासमा सुरक्षामा छन् । 

‘भेनेजुएलामा अर्जेन्टिनाको दूतावासको रेखदेख गर्ने ब्राजिलको इच्छाप्रति म अत्यन्तै आभारी छु’, माइलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन, ‘हामी अर्जेन्टिना गणतन्त्र र त्यहाँका नागरिकहरूको हितको अस्थायी प्रतिनिधित्वका लागि आभारी छौँ, तानाशाह मदुरोले आइतबार गरेको ठगीप्रति हाम्रो निन्दाको बदलामा आज अर्जेन्टिनाका कूटनीतिक कर्मचारीहरूले भेनेजुएला छाड्नुपर्यो ।’

उनले शरणार्थीहरूको भाग्यका बारेमा केही उल्लेख गरेका छैनन् । 

अर्जेन्टिनाका विदेशमन्त्री डायना मोन्डिनोले बुधबार वासिङ्टनमा अमेरिकी राज्य संगठन (ओएएस) को स्थायी परिषद्को आपतकालीन बैठकमा मुलुकहरूलाई ‘कूटनीतिक प्रयास र शरणार्थीहरूको संरक्षणमा सहयोग गर्न’ आह्वान गरे । 

    

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ७ : ५३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल