उद्योग मन्त्रीको बाचा : निर्माण व्यवसायीहरुको रकम तत्काल भुक्तानी गछौं « Khabarhub

उद्योग मन्त्रीको बाचा : निर्माण व्यवसायीहरुको रकम तत्काल भुक्तानी गछौं


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्माण व्यवसायीको रकम भुक्तान नभएको विषयलाई गम्भीर रुपमा लिई सरकार समस्या समाधानको बाटोमा लागेको बताएका छन् ।

मन्त्री भण्डारीसँग आज नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले भेट गरी रकम भुक्तान नभएकोदेखि अन्य विभिन्न समस्याको विषयमा जानकारी गराएपछि उनले सो कुरा बताएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

उनले भने, “सरकार निर्माण व्यवसायीको समस्या समाधानको बाटोमा लागेको छ, व्यवसायीहरुको रकम भुक्तान गरिने छ ।” निर्माण व्यवसायीका समस्याका विषयमा सरकार गम्भीर भएको बताउँदै मन्त्री भण्डारीले निर्माण व्यवसायीहरुसँग निरन्तर संवादमा रही त्यस क्षेत्रमा देखिएको समस्या समाधान गरिने प्रतिबद्धता जनाएका थिए ।

उक्त भेटका क्रममा नेपाल निर्माण व्यवसायी महासङ्घको टोलीले नदीजन्य तथा खानीजन्य सामग्रीको उत्खननमा देखिएको समस्या समाधान गर्नुपर्ने, निर्माण सामग्रीमा कार्टेलिङ गरी हुने मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, वास्तविक जिल्ला दररेट तोकिनुपर्नेलगायतका विषयमा ध्यानाकर्षण गराएको थियो ।

त्यस अवसरमा टोलीले निर्माण व्यवसायलाई पूर्ण उद्योगको मान्यता दिन माग गरेको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ९ : ५५ बजे

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले