पिकअप भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु « Khabarhub

पिकअप भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको हल्दिबारीमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

हल्दिबारी गाउँपालिका–५ सोडागान्धी चोकस्थित हुलाकी राजमार्गमा बिहीबार साँझ ७ः१५ बजे राजगढवाट जलथलतर्फ जाँदै गरेको गरेको मे १ ज ३२६१ नम्बरको पिकअप गाडीले जलथलवाट राजगढतर्फ जाँदै गरेको मे ९ प ९६८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

दुवै जना मृतकको पहिचान खुलेकाे छैन । दुर्घटनामा अन्दाजी २५ देखि ३० वर्षका दुवैलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा राति ८ बजे चिकित्सकले मृत घोषित गरेका थिए ।

पिकअप र पिकअप चालक भद्रपुर नगरपालिका २ बस्ने ३७ वर्षीय दिपेन राईलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  १० : ४१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार